default_image

4 years ago

August 2, 2020

युभेन्टस रोमासँग पराजित

एजेन्सी – मुख्य खेलाडीहरुलाई विश्राम दिएर सिरी ‘ए’ को अन्तिम खेल खेलेको च्याम्पियन युभेन्टस पराजित भएको छ ।  युभेन्टस घरेलु मैदानमा रोमासँग शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा ३–१ ले पराजित भएको हो । युभेन्टस घरेलु मैदानमा दुई वर्षपछि पराजित भएको हो । २०१८ मा नेपोलीसँग पराजित भएयता युभेन्टस घरेलु मैदानमा पराजित भएको थिएन । […]

33 views

0 Bookmark

एजेन्सी – मुख्य खेलाडीहरुलाई विश्राम दिएर सिरी ‘ए’ को अन्तिम खेल खेलेको च्याम्पियन युभेन्टस पराजित भएको छ ।  युभेन्टस घरेलु मैदानमा रोमासँग शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा ३–१ ले पराजित भएको हो ।

युभेन्टस घरेलु मैदानमा दुई वर्षपछि पराजित भएको हो । २०१८ मा नेपोलीसँग पराजित भएयता युभेन्टस घरेलु मैदानमा पराजित भएको थिएन । रोमाको जितमा डिएगो पेरोट्टीले दुई तथा निकोला कालिनिकले एक गोल गरे । गोन्जाले हिगुआइनले गरेको गोल सान्त्वना बन्यो । घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको खेलको पाँचौ मिनेटमा नै हिगुआइनको गोलबाट युभेन्टसले अग्रता बनाएको थियो ।

२३औं मिनेटमा निकोलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।  ४४औं मिनेटमा डिएगो पेरोट्टीले पेनाल्टीमार्फत गोल गर्दै रोमालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । डानिलोले रिकार्डाे कालाफिओरीलाई पेनाल्टी बक्समा फल गरेपछि रोमाले पेनाल्टी पाएको थियो । ५२औं मिनेटमा पेरोट्टीले व्यक्तिगत दोस्रो तथा टोलीका लाग तेस्रो गोल गर्दै रोमालाई ३–१ को जित दिलाए ।

 

 

जितसँगै पाँचौ स्थानमा रहेको रोमाले ७० अंक जोड्यो । उसले अर्काे सिजनको युरोपा लिग खेल्नेछ । पराजित युभेन्टस ८३ अंकमा रोकियो । तीन खेल अगावै च्याम्पियन बनेको युनेन्टसले खेलपछि यो सिजनको ट्रफी उचालेको थियो । युभेन्टसले लगातार नवौं सिजन सिरी ‘ए’ को उपाधि जितेको हो ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.