default_image

4 years ago

August 4, 2020

बार्सिलोना फातीलाई नेयमारजस्तै बनाउन चाहदैन

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना युवा स्टार फरवार्ड अन्सु फातीलाई क्लबमै राख्ने योजना अघि सारेको छ । बार्सिलोनाको एकेडेमी ला मासियाबाट आफ्नो खेल कला निखारेर यसै सिजन सिनियर टोलीमा स्थान बनाउँदै उच्च प्रदर्शन गर्न सफल फातीलाई क्लबमै राख्ने योजना अघि सारेको हो । फातीले यो सिजन स्पेनिस ला लिगामा ३२ खेल खेल्दै ८ गोल […]

45 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना युवा स्टार फरवार्ड अन्सु फातीलाई क्लबमै राख्ने योजना अघि सारेको छ । बार्सिलोनाको एकेडेमी ला मासियाबाट आफ्नो खेल कला निखारेर यसै सिजन सिनियर टोलीमा स्थान बनाउँदै उच्च प्रदर्शन गर्न सफल फातीलाई क्लबमै राख्ने योजना अघि सारेको हो ।

फातीले यो सिजन स्पेनिस ला लिगामा ३२ खेल खेल्दै ८ गोल गर्न सफल भएका थिए । रिपोर्टअनुसार बार्सिलोनाले फातीसँग ३ सय ६० मिलियन पाउन्ड रिलिज क्लजसहितको नयाँ सम्झौता गर्नेछ । स्पेनिस पत्रिका मार्काका अनुसार फातीले कीर्तिमानी मुल्यमा बार्सिलोनासँग नयाँ सम्झौता गर्दै आफ्नो भविष्य सुनिश्चित पार्न चहान्छ ।

बार्सिलोना फातीलाई नेयमार जस्तै बेच्ने मनासयमा छैन । बार्सिलोनाले २०१७ मा ब्राजिली स्टार नेयमारलाई विश्व कीर्तिमानी मुल्य १ सय ९८ मिलियन पाउन्डमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बेचेको थियो ।

बार्सिलोनाले फातीलाई पहिलो टोलीमा नियमित खेलाउने र उनको तलवमा उल्लेखनीय वृद्धि भएको अनुमान गरिएको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टाेमेउले फातीलाई लामो समयको लागि क्लबमै राख्न चाहेको खुलासा गरेका छन् । बार्सिलोनामा फातीको सम्झौता २०२२ सम्म रहेको छ ।

‘त्यहाँ कुनै प्रस्तावहरु आएका छैनन् । तर, केही क्लबहरुले चासो देखाइरहेका छन् ।’ अध्यक्ष बार्टाेमेउले भने, ‘बार्सिलोनाको जवाफ रहेको छ । ‘होइन’ । उनी क्लबको भविष्यका लागि आवश्यक छ । अन्सु बिक्रीका लागि छैन ।’

यस्तै अध्यक्ष बार्टाेमेउले उनी एकेडेमीबाट हुर्किएका र एकेडेमीको प्रतिनिधित्व गर्ने खेलाडी हुन् । उनले पहिलो टिममा आफैलाई सुढृत गरेका छन् । ‘अन्सु अनुपम छन् । उनीले ला मासियाबाटबाट आफ्नो प्रतिभा निखारे अहिले सिनियर टोलीमा राम्रो छाप छाडेका छन् । उनी जस्ता धेरै खेलाडी छैनन् ।’

अध्यक्ष बार्टाेमेउले भने, ‘बार्सिलोनाले उनलाई बेच्न सक्दैन । हामी कुनै पनि समय फातीलाई बेच्न सक्दैनौं । यसको विपरित हामीले उनको क्षमता वृद्धि गर्नु र भविष्यमा उनलाई एउटा नयाँ सम्झौता गराउनु हो । ताकि उनले जीवनभर खेल्नेछन् ।’

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.