default_image

4 years ago

August 4, 2020

युभेन्टसलाई नकआउट गर्ने निडर लियोनको लक्ष्य

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेगमा युभेन्टस र ओलम्पिक लियोन भिड्दैछन् । पहिलो लेगमा १-० को अग्रता लिएको लियोनका कप्तान मेम्फिस डिपाएले युभेन्टसविरुद्ध निडर भएर उत्रने बताएका छन् । लियोनले यसै साता कप डे ला लिगको फाइनलमा पीएसजीसँग टाइब्रेकरमा पराजय भोगेको थियो । झन्डै ५ महिनापछि मैदान फर्केको उक्त […]

32 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेगमा युभेन्टस र ओलम्पिक लियोन भिड्दैछन् । पहिलो लेगमा १-० को अग्रता लिएको लियोनका कप्तान मेम्फिस डिपाएले युभेन्टसविरुद्ध निडर भएर उत्रने बताएका छन् ।

लियोनले यसै साता कप डे ला लिगको फाइनलमा पीएसजीसँग टाइब्रेकरमा पराजय भोगेको थियो । झन्डै ५ महिनापछि मैदान फर्केको उक्त खेलमा लियोनले औसत प्रदर्शन गर्यो । कोरोनाभाइरसका कारण फ्रान्सेली लिग रद्द हुँदा च्याम्पियन्स लिगको खेलहरु भने स्थगित भएको थियो ।

युभेन्टसले भने पछिल्लो दुई महिना लगातार खेल्दै नवौं लिग उपाधि पक्का गरिसकेको छ । अघिल्लो सातामात्र सकिएको लिगमा युभेन्टसले अन्तिम खेलहरु भने सोचेअनुरुप प्रदर्शन गर्न सकेन । लिगका अन्तिम ८ खेलमध्य युभेन्टसले २ खेलमा मात्र जित हासिल गर्यो । मुख्य खेलाडीहरु विश्रामपछि तयार रहेको हुँदा युभेन्टसलाई केहि फाइदा हुने डच फरवार्ड डिपाएको बुझाइ छ ।

‘मैले पहिलो लेगको खेल चोटका कारण बाहिर बसेर हेर्नुपरेको थियो । उक्त खेलमा टिम स्पिरिट देखेर म निकै खुसी थिएँ,’ उनले भने, ‘ उक्त खेलमा युभेले राम्रो खेलेको थिएन । अहिले भने स्थिति फरक छ । उनीहरु लगातार खेलिरहेका छन् । हामीभन्दा बढी खेल खेलेका छन् र विगतभन्दा फरक परिस्थिति रहेको छ ।’

डिपाएले प्रतिकुल परिस्थितिका कारण आफूलाई व्यक्तिगत रुपमा भने केहि राहत मिलेको बताए । ‘यो विश्रामका कारण मैले फेरी च्याम्पियन्स लिग खेल्न पाएको छु । म तयार छु,’ उनले भने, ‘ नयाँ नियमअनुसार अब खेलहरु एक लेगको मात्र हुनेछन् । त्यसैले कोहि पनि खेल जित्न दाबेदार भन्ने अवस्था हुने छैन ।’

‘युभेन्टसमा अनुभवी खेलाडीको बाहुल्यता रहेको छ । हामी युवा खेलाडी छौं र यस्तो ठूलो प्रतियोगिताको अनुभव खासै पाएका छैनौँ । फाइनल नजिकिंदै जाँदा दबाब पनि बढ्नेछ,’ डिपाएले भने, ‘हामी आफ्नो तर्फबाट पूर्ण रुपमा तयार छौँ । हामीलाई गुमाउनु केहि छैन त्यसैले निडर भएर अघि बढ्नेछौं ।’

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.