default_image

4 years ago

August 4, 2020

रोनाल्डोलाई पछि पार्दै डिबाला बने सर्वोत्कृष्ट खेलाडी

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले इटालियन सिरी ए को मस्ट भ्यालुएबल प्लेयरको उपाधि हासिल गरेका छन् । युभेन्टसको उपाधि जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका डिबालाले आफ्नै क्लबका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सो उपाधि हासिल गरेका हुन् । गत सिजन भने युभेन्टसले उपाधि जित्दा रोनाल्डो मस्ट भ्यालुएबल प्लेयर घोषित भएका थिए […]

52 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले इटालियन सिरी ए को मस्ट भ्यालुएबल प्लेयरको उपाधि हासिल गरेका छन् ।

युभेन्टसको उपाधि जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका डिबालाले आफ्नै क्लबका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सो उपाधि हासिल गरेका हुन् गत सिजन भने युभेन्टसले उपाधि जित्दा रोनाल्डो मस्ट भ्यालुएबल प्लेयर घोषित भएका थिए

यस सिजन डिबालाले युभेन्टसका लागि सबै प्रतियोगितामा १७ गोल गरेका छन् । उनले गोलसँगै युभेन्टसको आक्रमणमा सिर्जनात्मक भूमिका निर्वाह गर्दै एक दर्जन बढी असिस्ट पनि दिएका छन् । यता लिग उपाधि जित्ने क्रममा ३१ गोल गरेका रोनाल्डो भने विधागततर्फ पनि कुनै उपाधि जित्न सकेनन्

रोनाल्डोलाई गोल्डेन बुट दौडमा पछाडी पारेका लाजियोका फरवार्ड चिरो इम्मोबिलेले उत्कृष्ट फरवार्डको उपाधि जिते उनले लाजियोको आक्रमण सम्हाल्दै ३६ गोल गरेका थिए उनले बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै युरोपेली गोल्डेन बुट समेत जिते

लिगको उत्कृष्ट गोलरक्षक युभेन्टसका वोजचिएक सेचेज्नी घोषित भए उत्कृष्ट डिफेन्डरमा इन्टर मिलानका स्टेफान डी भ्रिज चुनिए एटलान्टाका कप्तान पापु गोमेजले उत्कृष्ट मिडफिल्डरको अवार्ड पाए युभेन्टसबाट लोनमा रहेर पार्माबाट खेलिरहेका मिडफिल्डर डेजान कुलुसेभ्सकीले उत्कृष्ट युवा खेलाडीको उपाधि जिते

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.