default_image

4 years ago

August 4, 2020

कासिलासद्वारा सन्न्यास घोषणा

एजेन्सी – रियल म्याड्रिड तथा स्पेनका पूर्व गोलरक्षक इकर कासिलासले व्यवसायिक फुटबल खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।   विश्व विजेता ३९ वर्षीय लेजेन्ड गोलरक्षक कासिलासले मंगलबार सामाकि सन्जला ट्वीटरमार्फत २२ वर्षे व्यवसायिक फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । पछिल्लो समय स्वास्थ्यमा समस्या देखिन थालेपछि ३९ वर्षे कासिलासले ग्लोभ्स थन्काउने निर्णय गरेका हुन् । […]

24 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड तथा स्पेनका पूर्व गोलरक्षक इकर कासिलासले व्यवसायिक फुटबल खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।

 

विश्व विजेता ३९ वर्षीय लेजेन्ड गोलरक्षक कासिलासले मंगलबार सामाकि सन्जला ट्वीटरमार्फत २२ वर्षे व्यवसायिक फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । पछिल्लो समय स्वास्थ्यमा समस्या देखिन थालेपछि ३९ वर्षे कासिलासले ग्लोभ्स थन्काउने निर्णय गरेका हुन् । कासिलासले आफ्ना रिकभरी समयमा जुलाई देखि पोर्टाेको कोचिङ स्टाफको रुपमा काम गरेका थिए ।

 

कासिलासले सन्यासको घोषणा गर्दै भने, ‘यात्रा गर्ने मार्ग र साथ जाने मानिसहरु महत्त्वपूर्ण हो, कहाँ पुगिन्छ भन्ने गन्तव्य खासै महत्व होइन । मलाई लाग्छ कि म निर्धक्क भएर भन्न सक्छु यो यात्रा सपनामा सोचजस्तो भएको छ ।’

कासिलास ९ वर्षको उमेरमा रियलमा आबद्ध भएका थिए । उनी क्लबको ११८ वर्षको इतिहासकै सर्वश्रेष्ठ गोलरक्षक हुन् । ‘रियल म्याड्रिडले हाम्रो क्लब र विश्व फुटबलको एक महान खेलाडीको लागि प्रशंसा र प्रेम देखाउन चाहन्छ । इकर कासिलास रियल म्याड्रिडको मुटुमा छन् र सदाका लागि रहनेछन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०१९ अप्रिलमा हृदयघात भएपछि कासिलासले त्यसयता कुनै खेल खेलेका छैनन् । तर, पोर्चुगिज क्लब पोर्टोले यो सिजन (२०१९–२०) सम्मका लागि कासिलासलाई टिममा राखेको थियो । पोर्टोका लागि समेत उनले २ भन्दा बढी उपाधि जितेका थिए । कासिलास रियलबाट सन् २०१५ मा पोर्टो गएका थिए । रियलमा १६ वर्ष बतिाएका कासिलासले ५ ला लिगा र ३ च्याम्पियन्स लिगको उपाधि जितेका थिए । कासिलासले रियलबाट ७२५ खेल खेलेका थिए ।

कासिलासले स्पेनबाट २००८ र २०१२ मा युरोकप तथा २०१० मा विश्वकप जित्दा टोलीका मुख्य सदस्य रहेका थिए । कासिलासले २०१६ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

अब कासिलास रियल म्याड्रिडका अध्यक्ष फियोरेन्टिना पेरेजको सल्लाहकारको रुपमा सान्टियागो बर्नाबेउ फर्कने छन् । पेरेजले सल्लाहकारका रूपमा रहन प्रस्ताव गरेको र यो प्रस्तावलाई कासिलास सहमति जनाएको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.