default_image

4 years ago

August 7, 2020

जापानबाट कसुमीको उपचारमा सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल जापान फुटबल एसोसिएसनले ब्लड क्यान्सरको उपचार गराइरहेकी पूर्व फुटबल खेलाडी एवंम प्रशिक्षक नरकुमार राईकी छोरी कसुमीको उचारका लागि आर्थिक सहयोग गरेको छ । पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचन अध्यक्ष, शिव खड्का उपाध्यक्ष रहेको एसोसिएसनले जापानमा रहँदै विभिन्न पेशा व्यवसायमा संलग्नहरुसँग राईको छोरीको उपचारका लागि रकम संकलन गरेको थियो । यसरी संकलित […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल जापान फुटबल एसोसिएसनले ब्लड क्यान्सरको उपचार गराइरहेकी पूर्व फुटबल खेलाडी एवंम प्रशिक्षक नरकुमार राईकी छोरी कसुमीको उचारका लागि आर्थिक सहयोग गरेको छ ।

पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचन अध्यक्ष, शिव खड्का उपाध्यक्ष रहेको एसोसिएसनले जापानमा रहँदै विभिन्न पेशा व्यवसायमा संलग्नहरुसँग राईको छोरीको उपचारका लागि रकम संकलन गरेको थियो । यसरी संकलित १ लाख ५६ हजार ५ सय ५० रुपैयाँ एसोसिएसनले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कामार्फत पठाएको थियो ।

खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी गोलकिपर एन्जिला तुम्बाफो सुब्बाले बिहीबार प्रशिक्षक राईलाई हस्तान्तरण गरे । उचारका लागि आर्थिक अभाव भएको जानकारी प्राप्त भएपछि सम्भव भएसम्मको रकम संकलन गरेर पठाएको एसोसिएसनका उपाध्यक्ष खड्काले बताए ।

एपिएफका प्रशिक्षक राईले उपचार मंहगो भएकोले सबैसँग सहयोगको अपिल गरेका छन् । ‘किमो थेरापी करिब सकिएको छ । एकदम महंगो र कठिनाई हुने रहेछ । औषधीले पनि रियाक्सन गर्ने रहेछ । त्यसको पछि उपचार भइरहेको छ,’ उनले जानकारी दिए , ‘उपचारमा अहिले सम्म १५ /१६ लाख खर्च भयो । जसमा १० लाख रुपैयाँ सहयोग प्राप्त गरेका छौं। यो उपचारका लागि २ देखि ५ वर्ष सम्म लाग्छ भनिएको छ ।’

आफ्नो आर्थिक अवस्थाले मात्र छोरीको उपचारका लागि सम्भव नहुने भएकाले राईले सबैलाई सहयोगका लागि अपिल पनि गरेका छन् । पूर्व कप्तान खड्काले यस्तोमा एक्लै केहि गर्न नसकिने भएकाले आफुले जापानमा रहेको साथीहरु बसन्त र शिवसँग सल्लाह गरेर सहयोग संकलन गरेको जानकारी दिए । खड्काले सबैको सहयोगमा उपचार सम्भव भएकाले सहयोगका लागि सबैलाई अव्हान पनि गरे ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.