default_image

4 years ago

August 11, 2020

फुटबलबाट ५४ जनाको स्वाब संकलन

काठमाडौं (हाम्रो खेलकुद) – कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम तीन खेलको लागि बन्द प्रशिक्षणमा डाकिएका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सबै ३४ खेलाडीसहित ५४ जनाको स्वाब संकलन गरिएको छ । सोमबार ११ खेलाडीसहित २५ जनाको तथा मंगलबार २३ खेलाडी, ६ अफिसियलको कोरोना परिक्षण गरिएको अखिल नेपाल फुटबल संघ […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम तीन खेलको लागि बन्द प्रशिक्षणमा डाकिएका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सबै ३४ खेलाडीसहित ५४ जनाको स्वाब संकलन गरिएको छ ।

सोमबार ११ खेलाडीसहित २५ जनाको तथा मंगलबार २३ खेलाडी, ६ अफिसियलको कोरोना परिक्षण गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।  सोमबार उपत्यका बाहिरबाट आएका खेलाडीको कोरोना परिक्षण गरिदा मंगलबार उपत्यका भित्र रहेका २५ खेलाडीको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा स्वाव संकलन गरिएको हो ।

कोरोना नेगेटिभ देखिए खेलाडीलाई एन्फाको होस्टेलमा राखिने छ । प्रशिक्षण दौरान उनीहरुले एन्फा होस्टेल छाड्न पाइनेछैन । एन्फाले प्रशिक्षणका लागि विभिन्न १७ प्रोटोकल बनाएको छ । एन्फाले १ भदौबाट राष्ट्रिय टोलीको प्रशिक्षण थाल्ने योजना बनाएको छ ।

मंगलबार तेज तामाङ, बिकेश कुथु, आशिष लामा, अजित भण्डारी, एरिक विष्ट, सेसेहाङ आङदेम्वे, बिक्रम लामा, अमित तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दाहाल, अभिषेक रिजाल, सुभास गुरुङ, अनन्त तामाङ, सुनिल बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, बिकास खवास, जर्ज प्रिन्स कार्की र सुजल श्रेष्ठको स्वाव संकलन गरिएको हो । यस्तै मधुसुदन उपाध्यय (टिम म्यानेजर), कृष्ण भक्त मानन्धर (अफिसियल), बिकास मल्ल (गोलकिपर प्रशिक्षक), विवेक सुवेदी (मिडिया), युजल श्रेष्ठ (मिडिया), र राजु डंगोल (डक्टर) पनि स्वाव संकलन गरिएको हो ।

एन्फाले सुरुवातमा १० देखि १२ जना सम्मको समूहमा राखेर खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउने तयारी गरेको छ । त्यसपछि चरणवद्ध रुपमा पूर्ण प्रशिक्षण संचालन हुनेछ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा ८ अक्टोबरमा चाइनिज ताइपेइ, १३ अक्टोबरमा अष्ट्रेलिया तथा १३ नोभेम्बरमा जोर्डनसँग खेल्ने तालिका छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.