default_image

4 years ago

August 12, 2020

फुटबलको प्रशिक्षण शुरु नभई स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण अनिश्चितकालका लागि स्थगित भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एफएसी) ले बुधबार २०२१ सम्मका लागि विश्वकप र एसियन कपको छनोटको खेलहरु नहुने निर्णय गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि नेपाली टोलीको प्रशिक्षण स्थगित […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण अनिश्चितकालका लागि स्थगित भएको छ ।

एसियन फुटबल कन्फेडेरेसन (एफएसी) ले बुधबार २०२१ सम्मका लागि विश्वकप र एसियन कपको छनोटको खेलहरु नहुने निर्णय गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि नेपाली टोलीको प्रशिक्षण स्थगित गरिएको जानकारी गराएको हो ।

एन्फाले विश्वकप र एसियन कपको दोस्रो चरणको अन्तिम तीन खेलको लागि १ भदौबाट प्रशिक्षण थाल्ने योजना बनाएको थियो । सोही अनुरुप एन्फाले १७ बुदे प्रोटोकल तयार पार्दै बन्द प्रशिक्षणमा डाकिएका ३४ खेलाडीसहित ५४ जनाको सोमबार र मंगलबार स्वाव संकलन गरेको थियो ।

सोमबार स्वाव संकलन गरिएका सबै २५ जनाको बुधबार कोरोना नेगेटिभ आएको थियो । बाँकी खेलाडी तथा अफिसियलको बिहीबार रिपोर्ट आउन सक्नेछ । एन्फाले अर्काे सुचना जारी नभएसम्म राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित गरिएको र फिफा, एएफसीबाट छनोट खेलको तालिका तय भएपछि प्रशिक्षण थालिने जानकारी गराएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर नै संक्रमण बढ्दै गएपछि एन्फाले एक साताका लागि केन्द्रिय कार्यालय समेत बन्द राख्ने निर्णय गरेको छ । एन्फाले सोमबार मात्रै १५ भदौलाई तय भएको साधारण सभा समेत स्थगित भएको घोषणा गरेको थियो ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.