default_image

3 years ago

November 23, 2020

पिएसजीको अथाह लगानी

एजेन्सी – पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको पेरिस सेन्ट जर्मेन (पिएसजी) गत सिजन फाइनलमा बायर्न म्युनिखसँग पराजित भयो । कतार स्पोर्टर्स इभेष्टमेन्टले सन् २०११ मा स्वमित्व लिएपछि फ्रेन्च क्लबमा अत्याधिक लगानी भइरहेको छ । नयाँ मालिकले अहिले सम्म १.२५४ विलियन युरो खर्च गर्दा टोली व्यापक परिवर्तन आएको छ भने फ्रान्समा एक क्षत्र राज गर्दै […]

68 views

0 Bookmark

एजेन्सी – पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको पेरिस सेन्ट जर्मेन (पिएसजी) गत सिजन फाइनलमा बायर्न म्युनिखसँग पराजित भयो । कतार स्पोर्टर्स इभेष्टमेन्टले सन् २०११ मा स्वमित्व लिएपछि फ्रेन्च क्लबमा अत्याधिक लगानी भइरहेको छ ।

नयाँ मालिकले अहिले सम्म १.२५४ विलियन युरो खर्च गर्दा टोली व्यापक परिवर्तन आएको छ भने फ्रान्समा एक क्षत्र राज गर्दै आएको छ । पछिल्लो ९ वर्षमा पिएसजीले ७ लिग वान उपाधि, ५ कोपे डि फ्रान्स उपाधि, ६ कोपे डि ला लिग उपाधि र ७ अर्को उपाधि जितिसकेको छ ।

२०११/०१२ को सिजनमा कतारी मालिकले पहिलो वर्ष १ सय ७.१ मिलियन खर्च गरेका थिए । जसमा ४२ मिलियन युरोमा नाभियर पेस्टोरे पनि थिए । अर्को सिजन १ सय ५१ मिलियन खर्च गरेको टोलीले थिएगो सिल्भालाई ४० मिलियन, लुकास मोउरा ३० मिलयन, इजिक्वेल लाभेजी तथा २१ मिलियनमा ज्लाटान इब्राहिमोभिच सँगै डेविड बेकह्यामलाई लोनमा भित्राएको थियो ।

इडिन्सन काभानी, माक्विहोस, योान काबायका लागि १ सय ३५ .९ मिलयन खर्चेको पिएसजीले सोही वर्ष डेभिड लुइजका लागि ४९.५ मिलियन खर्च गरेको थियो । त्यस्तै २०१५/१६ मा १ सय १६.१ मिलयन र २०१६/०१७ मा १ सय ३४.५ मिलियन खर्चेको टोलीले सबैभन्दा बढी २०१७ मा खर्चेको थियो ।

बार्सिलोनाबाट नेयमारलाई भित्राउनका लागि मात्र टोलीले विश्व कीर्तिमानी रकम २ सय २२ मिलयन युरो लगानी गरेको थियो । अर्को वर्ष केलियन एमबाप्पेका लागि टोलीले १ सय ४५ मिलयन युरो खर्च गरेको थियो । गत सिजन टोलीले केलोर नाभा र पाब्लो साराबियासहितका लागि ९५ मिलियन लगानी गरेको थियो ।

पूर्नसंरचना पछि केहि संस्करणमा चाडै बाहिरिएको पिएसजी अन्ततः च्याम्पियन्स लिगको फाइनल पुग्यो । तर उपाधि जित्न भने सकेन । १.२ विलियन युरो लगानी गरेको टोली अझैपनि खर्च खर्न पछि हट्ने देखिन्न ।

ट्रान्सफर बजारमा लियोनेल मेस्सीदेखि क्रिस्टियानो रोनाल्डो र सर्जियो रामोसको नाम पिएसजीसँग जोडिएको छ । के खर्च गरेर मात्र च्याम्पियन्स लिग जित्न पर्याप्त होला ?

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.