9 years ago
August 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) – मुखिया कान्छा गुरुङको अध्यक्षतामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबको १५ सदस्यीय कार्यसमिति हालै चयन भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा निर्वतमान अध्यक्ष जिमी गुरुङले निर्वाचित कार्यसमितिका पदाधिकारी एवंम् सदस्यलाई खादा लगाइ बधाई दिएका थिए ।
नेपाली फटबल इतिहासमा सर्वाधिक ७ पटक ए डिभिजन लिग जितेको मनाङको कार्यसमितिको कार्यकाल दुई बर्षको रहने व्यवस्था छ । क्लबको उपाध्यक्षमा मुखिया गुरुङ , छिरिङ फुन्जो गुरुङ, चोल्पा गुरुङ छन् । मुखिया लामाले महासचिव, बिजय घलेले सचिव, सोनाम गुरुङले कोषाध्यक्ष, पेमा टासी गुरुङ र छिरिङ घलेले सह कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
त्यस्तै पूर्व अध्यक्ष टासी घले, कप्ली गुरुङसहित पेम्बा गुरुङ, सोनाम पि गुरुङ, कर्मा गुरुङ र धनबहादुर गुरुङ सदस्य चुनिएका छन् । सोही अवसरमा अलिख नेपाल फुटबल संघ (एन्फा) को कात्तिक ८ गतेका लागि तय भएको साधारण सभामा क्लबका तर्फबाट मताधिकारसहित सदस्य टासी घलेलाई मनोनयन गरेको जानकारी दिएको थियो । घलेले एन्फा अध्यक्षमा उम्मेदवारी दिने पनि सोही अवसरमा घोषणा गरे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट र एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले मनाङ नयाँ कार्यसमितिको कार्यकालको सफलताका लागि शुभकामना दिए ।
राखेप सदस्य सचिव विष्टले भूगोल र सौन्दर्यको प्रतिनिधित्व गर्ने मनाङ मस्र्याङ्दी नाम नै आफुलाई असाध्यै मन पर्ने चर्चा गर्दै भने, ‘यो क्लबले अझै प्रगति गरोस् । नेपाली फुटबलको एउटा चम्किलो तारा बनोस् ।
एन्फा कार्यवहाक अध्यक्ष श्रेष्ठले मनाङको गौरवशाली इतिहास रहेको उल्लेख गर्दै अझै सफलता मिलोस् भन्ने शुभकामना दिए ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]