9 years ago
August 29, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी ए कोचिङ कोर्स उतिर्ण गर्ने ८ नेपाली प्रशिक्षक र हालै ओलम्पिकमा सहभागी भएर फर्केका आर्चरी खेलाडी जितबहादुर मोक्तानलाई लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले सोमबार सम्मान गरेको छ ।
क्लबको नयाँ कार्यसमितिको परिचयात्मक कार्यक्रममा मनाङले उनीहरुलाई सम्मान गरेका हुन् । क्लबका अध्यक्ष मुखिया कान्छा गुरुङले ए कोचिङ कोर्स उर्तिण र जितबहादुरलाई सम्मान पत्रसहित क्लबको ट्रयाकसुट प्रदान गरे । ८ मध्ये अधिकांश कुनै न कुनै समय मनाङमा खेलाडी वा प्रशिक्षकमा रहि सकेका छन् । केही महिना अघि कोचिङ कोर्स उतिर्ण गर्नेमा बालगोपाल महर्जन, उपेन्द्रमान सिंह, हरि खड्का, मनाङका प्रशिक्षक छिरिङ लोप्साङ, राजेन्द्र तामाङ, कुमार थापा, नवीन न्यौपाने र रविन्द्र सिलाकार छन् ।

मनाङका सदस्य टासी घलेले क्लबलाई यहाँ सम्म पुर्याउनमा निर्वतमान अध्यक्ष जिमी गुरुङको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै क्लब परिवारको तर्फबाट धन्यवाद दिए । ए कोचिङ कोर्स उतिर्ण गर्ने बधाई दिदै घलेले भने,‘ हरि खड्का बाहेक सबैले क्लबबाट कुनै समय खेलाडी वा प्रशिक्षकका रुपमा भूमिका निर्वाह गरिसकेका छन् । अब हरिलाई प्रशिक्षक बनाउनुपर्ला जस्तो छ ।’ उनले खड्कालाई प्रशिक्षक बनाउने बताइरहँदा हल हासोले गुन्जायमान भएको थियो ।
२४ जनाले भाग लिएको ए कोचिङ कोर्समा ८ जना उतिर्ण भएका थिए ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]