default_image

4 years ago

September 10, 2020

मच्छिन्द्रका तीन विदेशी खेलाडी फुकुवा

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन सान मिगेल मछिन्द्र क्लबले आफ्नो विदेशी खेलाडीलाई फुकुवा गर्दै आ–आफ्नो देश फर्काउने तयारी थालेको छ । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड –१९) को महामारीले नेपालमा पनि विगत ६ महिनायता कुनैपनि फुटबलसहित अन्य खेलकुद गतिविधि हुन सकेको छैन । अझै पनि फुटबलको गतिविधि हुने […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन सान मिगेल मछिन्द्र क्लबले आफ्नो विदेशी खेलाडीलाई फुकुवा गर्दै आ–आफ्नो देश फर्काउने तयारी थालेको छ ।

विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड –१९) को महामारीले नेपालमा पनि विगत ६ महिनायता कुनैपनि फुटबलसहित अन्य खेलकुद गतिविधि हुन सकेको छैन । अझै पनि फुटबलको गतिविधि हुने अवस्था नरहेपछि लिग च्याम्पियन मछिन्द्रले आफ्नो विदेशी खेलाडीलाई स्वदेश फर्काउने भएको हो ।

मछिन्द्रले लिगका लागि नाइजेरियाका पिटर सेगुन र एडेलाजा सोमिडे तथा क्यामरुनका आन्द्रेस नियालाई अनुबन्ध गरेका थिए । घरेलु फुटबलको चर्चित क्लब मनाङ मस्र्याङ्दी र थ्री स्टारबाट समेत खेलिसकेका पिटर गत ६ सेप्टेम्बरमा स्वदेश फर्किएका थिए ।

आन्द्रेस निया शुक्रबार एडेलाजा सेप्टेम्बर १४ मा स्वदेश फर्कने क्लबका व्यवस्थापक अनिल श्रेष्ठले जानकारी गराए । क्लबले तीन विदेशी खेलाडीलाई स्वदेश पुगेपछि दुई साता क्वारेन्टिनमा बस्नका लागि हरेक खेलाडीलाई १५० अमेरिकी गलर खर्च उपलब्ध गराएको जनाएको छ । पिटर सेगुन र एडेलाजा घरेलु फुटबलमा पुराना तथा आन्द्रेस नियाले पहिलोपटक ‘ए’ डिभिजन लिग खेलेका थिए ।

लिग र मोफसलका प्रतियोगिताका लागि सम्झौता गरिएका खेलाडीहरु मोफसलमा व्यस्त रहेपनि कोरोना कहर शुरु भएपछि मोफसलसहित देशभरका फुटबल गतिविधि स्थगित छन् । अन्तर्राष्ट्रिय उडान पनि ठप्प भएपछि विदेशी खेलाडीहरु नेपालमै बस्न बाध्य बनेका थिए ।

३ फागुनमा भएको लिगको अन्तिम खेलमा मछिन्द्रले आर्मीलाई १–० ले पराजित गर्दै पहिलोपटक लिग च्याम्पियन बन्न सफल भएको थियो । मछिन्द्रलाई च्याम्पियन बन्न निश्चित जितको आवश्यकता रहँदा आर्मीलाई बराबरी पर्याप्त भएपनि आत्मघाती गोलले मछिन्द्र च्याम्पियन बन्न सफल भएको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.