default_image

4 years ago

September 15, 2020

जानलाई मनास्लुको छात्रवृत्ति

काटमाडौं (हाम्रो खेलकुद)- नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले प्लस २ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । मनास्लुले व्यवस्थापन अध्ययनका लागि जानलाई पूर्ण छात्रबृत्ति प्रदान गरेको हो । मनानस्लुका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान र प्रिन्सिपल राजन श्रेष्ठ तथा जानबीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ […]

38 views

0 Bookmark

काटमाडौं (हाम्रो खेलकुद)- नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले प्लस २ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । मनास्लुले व्यवस्थापन अध्ययनका लागि जानलाई पूर्ण छात्रबृत्ति प्रदान गरेको हो ।

मनानस्लुका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान र प्रिन्सिपल राजन श्रेष्ठ तथा जानबीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यसै शैक्षिक सत्रदेखि सुरु भएको मनास्लुमा हाल व्यवस्थापन, विज्ञान, मानविकी अध्यापनं हुने अध्यक्ष लामाले जनाएका छन् ।

अध्यक्ष लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले अनेक क्षेत्रमा अवसर पाउन सक्छन् भन्ने सन्देश दिन जानबाट छात्रबृतिको सुरुआत गरिएको बताए । उनले इच्छुक भएको खण्डमा यु–१६ का सम्पूर्ण सदस्यलाई पनि पूर्ण छात्रवृत्तिको अवसर दिन मनास्लु तयार रहेपनि प्रतिबद्धता जनाए ।

जानले २०७६ को एसईई सातदोबाटोस्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गरेका थिए । कक्षा ३–४ देखि नै फुटबल खेल्न सुरु गरेका जान झापाको सरामतीका स्थायी बासिन्दा हुन् । उनले विभिन्न उमेरसमूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । जानका पिता पनि भलिबलका पूर्व राष्ट्रिय खेलाडी हुन् ।

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

Success

Thank you for your time.