default_image

4 years ago

September 17, 2020

पूर्व राष्ट्रिय खेलाडी गौचनको पहलमा सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – जापानमा बस्दै आएका नेपाली राष्ट्रिय टोलीका पूर्व स्टार खेलाडी वसन्त गौचनको पहलमा कोडिभ १९ का कारण आर्थिक संकटमा रहेका बुढानिलकण्ठ नगरपालिकाका अशक्त परिवार र श्रमिकहरुलाई खाद्यान्य सहयोग गरिएको छ । फुटबल प्रशिक्षकका रुपमा सक्रिय गौचनले उनकै सक्रियतामा रहेको नेपाएज संस्थाको तर्फबाट फुड बैंक मार्फत बुढानिलकण्ठमा सहयोग गरेका हुन् । बसन्त अध्यक्ष […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जापानमा बस्दै आएका नेपाली राष्ट्रिय टोलीका पूर्व स्टार खेलाडी वसन्त गौचनको पहलमा कोडिभ १९ का कारण आर्थिक संकटमा रहेका बुढानिलकण्ठ नगरपालिकाका अशक्त परिवार र श्रमिकहरुलाई खाद्यान्य सहयोग गरिएको छ ।

फुटबल प्रशिक्षकका रुपमा सक्रिय गौचनले उनकै सक्रियतामा रहेको नेपाएज संस्थाको तर्फबाट फुड बैंक मार्फत बुढानिलकण्ठमा सहयोग गरेका हुन् । बसन्त अध्यक्ष र प्रकाश तुलाचन उपाध्यक्ष रहेको नेपाल युथ सकर प्रोजेक्टमार्फत सहयोग उपलब्ध गराइएको हो ।

बुढानिलकण्ठ युवा समाजका अध्यक्ष बिजेन्द्र पुडासैनीका अनुसार मंगलबार फुड बैंक मार्फत अशक्त ६३ परिवार र श्रमिक ६५ सहित कुल १ सय ३५ परिवारलाई खाद्यान्य सहयोग गरिएको हो ।
बुढानीलकण्ठ नगर वडा–५ मा दैनिक मजदुरी गर्ने श्रमिक र वडा–४ शारीरिक अशक्त भएकाहरुलाई खाध्य सामग्री वितरण गरिएको हो ।

खाद्यान्यतमा चामल, तेल, दाल, नुन, मस्यौरा, चाउचाउ लगायत सामग्री छन् । एक परिवारलाई एक सातासम्म पुग्ने गरि सामग्री वितरण गरिएको हो । सहयोग वितरणमा परिवर्तनको लागि जोडिएका हातहरु र बुढानीलकण्ठ युवा समाजको सहकार्य गरेको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.