default_image

4 years ago

September 18, 2020

टोटेनहमको कठिन जित

एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत छनोटको दोस्रो चरणको प्लेअफ खेलमा इंग्लिस प्रिमियर लिगको टोटेनहम हट्सपरले बुल्गेरियाको लोकोमोटिभ प्लोभडिभलाई २-१ ले पराजित गरेको छ । बुल्गेरियाको टोलीविरुद्ध आफ्नो पहिलो रोजाईको सुरुवाती ११ उतारेको टोटेनहमले बल पोसेसनमा पकड जमाएपनि अग्रता लिन भने सकेको थिएन । पहिलो हाफमा स्टिभन बर्गवाइनको प्रहार क्रसबारमा लागेर फर्कंदा पाहुना टोली अगाडि […]

42 views

0 Bookmark

एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत छनोटको दोस्रो चरणको प्लेअफ खेलमा इंग्लिस प्रिमियर लिगको टोटेनहम हट्सपरले बुल्गेरियाको लोकोमोटिभ प्लोभडिभलाई २-१ ले पराजित गरेको छ ।

बुल्गेरियाको टोलीविरुद्ध आफ्नो पहिलो रोजाईको सुरुवाती ११ उतारेको टोटेनहमले बल पोसेसनमा पकड जमाएपनि अग्रता लिन भने सकेको थिएन । पहिलो हाफमा स्टिभन बर्गवाइनको प्रहार क्रसबारमा लागेर फर्कंदा पाहुना टोली अगाडि बढ्न सकेन । प्लोभडिभले पहिलो हाफमा स्पर्सका गोलरक्षक एवं कप्तानलाई कुनै समस्या दिएन ।

दोस्रो हाफमा पनि आफ्नो आक्रमण जारी राखेको टोटेनहमले प्लोभडिभका गोलरक्षकलाई बिट गर्न निकै कसरत गर्यो । तर खेलमा दबाब बनाएपनि टोटेनहम ७१ औं मिनेटमा पछाडी पर्यो । घरेलु टोलीका लागि जिओर्जी मिन्चेभले गोल गर्दै मोउरिन्होको टोलीलाई स्तब्ध पार्ने संकेत दिए । कर्नरमा आएको बललाई डिमिटार इलिएभले फ्लिक गरेपछि मिन्चेभले हेडरमार्फत गोल गरेका थिए ।

त्यसको ८ मिनेटपछि नै टोटेनहमले खेलमा फर्कने अवसर पायो । डिनिस अल्मेडाले पोस्टतर्फ गएको बललाई हातले रोकेपछि रेफ्रीले रातो कार्ड दिए । लगत्तै रेफ्रीको निर्णयमा अपात्ति जनाएपछि बिर्सेन्ट कारागारेनले दोस्रो पहेंलो कार्ड पाए । पेनाल्टीमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दुई रातो कार्डका कारण ९ खेलाडीमा समेटिएको प्लोभडिभले त्यसपछि पूर्ण रक्षात्मक रणनीति अपनायो । तर ८५ औं मिनेटमा लुकास मोउराको पासमा वैकल्पिक खेलाडी टान्गी एनडोम्बेलेले गोल गर्दै खेलमा टोटेनहमलाई अग्रता दिलाए ।

थप गोल हुन नसकेपछि टोटेनहम अगाडी बढेको छ । टोटेनहमले अब तेस्रो चरणमा म्यासेडोनियाको स्केन्दिजासँग प्रतिस्पर्धा गर्नेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.