default_image

4 years ago

September 18, 2020

एन्फामा प्रधानको बेरुजु २ दशकपछि फर्स्योट

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीका पूर्व स्टार उमेश प्रधानलाई झन्डै तीन महिना अघि अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव वसन्त अर्यालको फोन कलले झस्कायो । परिवारका साथ अमेरिका बस्दै आएका प्रधान झस्कनुको कारण थियो, दुई दशक भन्दा अघि देखि एन्फामा उनको नाममा रहेको बेरुजु । एन्फाको बेरुजु सुचीमा प्रधानको नाम देखेपछि सहायक […]

60 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

राष्ट्रिय फुटबल टोलीका पूर्व स्टार उमेश प्रधानलाई झन्डै तीन महिना अघि अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव वसन्त अर्यालको फोन कलले झस्कायो ।

परिवारका साथ अमेरिका बस्दै आएका प्रधान झस्कनुको कारण थियो, दुई दशक भन्दा अघि देखि एन्फामा उनको नाममा रहेको बेरुजु । एन्फाको बेरुजु सुचीमा प्रधानको नाम देखेपछि सहायक महासचिव अर्यालले उनलाई फोन गरेका रहेनछन् । झन्डै २ दशक यता विदेशमा रहेका प्रधानले उनको नाममा बेरुजु रहेको जानकारी दिने अर्याल पहिलो व्यक्ति भएको बताए ।

राष्ट्रिय फुटबल टोलीबाट दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक जित्ने दुई मध्येका एक खेलाडी रहेका प्रधानले आफ्ना मित्र मार्फत भदौ ३१ गते नाममा रहेको त्यो दुई दशक अघिको बेरुजु फर्स्योट गरेका छन् ।

राष्ट्रिय टोलीका पूर्व उपकप्तान समेत रहेका आफ्नो समयमा नामुद खेलाडी प्रधानलाई आफुले एन्फासँग पेश्की लिएको सम्झना समेत पनि छैन । एन्फाको खातामा भने उनले आर्थिक वर्ष २०५६-०५७ मा अल्या भन्दै ३७ हजार रुपैयाँ पेश्की लिएको उल्लेख छ । उनले अलग अलग दुई मितिमा २०५७ भदौ २ गते र भदौ २९ गते समान १ हजार रुपैयाँ गरि २ हजार फस्यौट गरेको उल्लेख छ ।

केहि अघि एन्फाले प्रधानलाई पेश्कि फर्स्योटका लागि पत्र समेत पठाएपछि आफ्नो नाममा रहेको ३५ हजार रुपैयाँ बरुजु फर्स्योट गरेका हुन् । प्रधानले एन्फाको खातामा ३५ हजार रुपैयाँ जम्मा गर्न लगाएर फर्स्योटका लागि निवेदनसमेत दर्ता गराउन लगाएका छन् ।

‘त्यति बेला मैले पेश्की लिए नलिएको मलाई याद छैन । बिर्सेको पनि हुन सक्छ’, टेलिफोनमा हाम्रो खेलकुदसँग प्रधानले भने, ‘यति लामो समय भैसक्यो । धेरै विषय त बिर्सिन्छ पनि । अब जे सुकै भएपनि मेरो नाममा पेश्की देखिएपछि मैले फर्स्योट गर्नुपर्छ भन्ने हो । आर्थिक अनुसासनका लागि पनि त्यो जरुरी छ ।’

‘यति मात्र हो कि यति लामो समयसम्म आफुलाई पेश्कीको जानकारी नगराइएकोमा भने उनलाई दुःख लागेको छ । म त्यति लामो समय देशका लागि खेले । एन्फामा प्रशिक्षकका रुपमा काम गरें’, २०५४ सालमा रुपक स्मृति पुरस्कारबाट सम्मानित प्रधानले भने, ‘म अमेरिका आएको १९ वर्ष भयो । म यता आएको एन्फा परिवारलाई थाहा थियो । कसैलाई पनि जानकारी दिन किन आवश्यक लागेन मैले बुझ्न सकिन । बीचमा स्वदेश जाँदा पनि कसैले केहि भनेनन् । अहिले बसन्त जीले खबर गरिदिनुभयो । खुसी लाग्यो र मैले फर्स्योट पनि गरे । अन्यथा मेरो नाममा पेश्की रहि रहने थियो ।’

सहायक महासचिव अर्यालले भने व्यक्तिगत सम्बन्धका आधारमा आफुले बेरुजुको सुचीमा नाम देखेकोले जानकारी दिएको बताए । ‘आफ्नो समयको राम्रो खेलाडी । मलाई एकदमै मन पर्ने । हाम्रो सम्बन्ध पनि त्यतिकै राम्रो थियो’, आर्यालले सम्झिए, ‘उमेश जीको नामले देखेपछि कस्तो नमज्जा लाग्यो । मैले उहाँलाई कल गरेर जानकारी गराइदिएको हुँ ।’

स्वदेशमा आयोजना भएको पहिलो साफ (१९८४) र छैटौं साफ (१९९३)मा नेपालले स्वर्ण पदक जित्दा प्रधान टोलीको महत्वपूर्ण सदस्य थिए । प्रधान र पूर्व कप्तान एवंम प्रशिक्षक राजुकाजी शाक्य मात्र त्यो दुवै स्वर्ण जित्दा टोलीको सदस्य थिए । छैटौं साफमा भारतलाई हराउँदै नेपालले उपाधि जितेको थियो । टाइब्रेकरमा जित्नुअघि खेलमा २–२ को बराबरी भएको थियो । त्यसमा प्रधान र स्वर्गिय मणी शाहले गोल गरेका थिए ।

प्रधान २ छोरा र श्रीमतीका साथ अमेरिका बस्नै आएका छन् । अमेरिका जानुअघि प्रधानले केहि वर्ष साझेदारीमा एन्फा होस्टलको क्यान्टिन चलाएका थिए । प्रधानसहित क्यान्टिन चलाउनेमा विराटजंग शाही, राजेश मास्के, राजेश मानन्धर र स्वर्गिय मणी शाह थिए ।

एन्फा महासचिव इन्द्रमान तुलाधारले आर्थिक अनुशासन कायम गर्नका लागि पेश्की फर्स्योटका लागि प्रयास भइरहेको बताए । ‘फुटबलमै काम गर्दा लिइएका पेश्की हुन् । त्यसमध्ये कतिको मृत्यु भइसकेको छ । कति जीवित हुनुहुन्छ । केहि विदेशमा हुनुहुन्छ’, उनले भने, ‘देश र विदेशमा हुनुभएका सबैलाई जानकारी गराएर फर्स्योटका लागि प्रयास गरिरहेका छौं । मृत्यु भइसकेका व्यक्तिको बेरुजुका विषयमा के गर्ने त्यसमा छलफल गर्नेछौं ।’

एन्फा कोषाध्यक्ष रविन्द्रमान जोशीका अनुसार पछिल्लो दुई वर्षमा ६ करोडकै हाराहारीमा फर्स्योट भएको जानकारी दिए । उनले भने, ‘ २ सय ५१ व्यक्तिको नाममा झन्डै ५ करोड रुपैयाँ पेश्की छ । फर्स्योटका लागि हामी फेरि पनि यसमा ताकेता गर्नेछौं ।’

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.