default_image

4 years ago

September 18, 2020

दशै अघि नै एस्ट्रो टर्फ राख्ने तयारी

गोरखा (हाम्रो खेलकुद) – कोभिड १९ का कारण पटक पटक लकडाउनका कारण स्थगित एस्ट्रो टर्फ (क्रितिम घाँसे मैदान) निर्माण पुनः सुरु हुने भएको छ । द ओसन क्लबले गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित प्रशिक्षण मैदानको स्तरोन्नती गरि टर्फ बिच्छ्याउने योजना अनुसार गत मंसिरबाट काम थालेको थियो । पूर्वाधारको ७० प्रतिशत काम सम्पन्न भइसकेको क्लबले जनाएको छ […]

62 views

0 Bookmark

गोरखा (हाम्रो खेलकुद) – कोभिड १९ का कारण पटक पटक लकडाउनका कारण स्थगित एस्ट्रो टर्फ (क्रितिम घाँसे मैदान) निर्माण पुनः सुरु हुने भएको छ ।

द ओसन क्लबले गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित प्रशिक्षण मैदानको स्तरोन्नती गरि टर्फ बिच्छ्याउने योजना अनुसार गत मंसिरबाट काम थालेको थियो । पूर्वाधारको ७० प्रतिशत काम सम्पन्न भइसकेको क्लबले जनाएको छ ।

कोरोनाको संक्रमण नियन्त्रणमा नआएपछि सामाजिक दुरी र अन्य मापदण्ड पूरा गर्दै काम पुनः सुरु गर्ने र दशैं अघिनै यो काम सम्पन्न गर्ने लक्ष्य रहेको क्लबले जनाएको छ ।

४४ मिटर लम्बाई र २३ मिटर चौडाई क्षेत्रफल भएको टर्फका लागि मैदान सम्याउने, ड्रेनेस निर्माण, , टर्फ राख्नको लागि आवश्यक पर्ने गिटी र बालुवा राख्ने काम सकिएको र अब टर्फ बिछ्याएर मैदान तयार गर्ने क्रममा रहेको क्लबका अध्यक्ष अमित खत्रीले बताए ।

मैदानका लागि ३१ लाख रुपैयाँ भन्दा बढी खर्च गर्ने अनुमान गरिएको थियो । गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा ८ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत १० लाख रुपैयाँ र वडा नं ९ ले २ लाख रुपैयाँ विनियोजन गरेको थियो । पालुङटार नगरपालिकाले मैदान स्तरोन्नतीका लागि आवश्यक पर्ने गिटी, बालुवा उपलब्ध गराएको क्लबले जनाएको छ ।

बेल्जियममा रहेका गोरखाको मान्बुका राम घलेले ५० हजार रुपैयाँ तथा विदेशामा रहेको अन्इबाट झन्डै २ लाख रुपैयाँ सहयोग प्राप्त भएको क्लबले जनाएको छ । पहिलो चरणको काम सम्पन्न गर्न अझै ९ लाख रुपैयाँ भन्दा बढी नपुग देखिएकोले सहयोगका लागि क्लबले आव्हान पनि गरेको छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.