default_image

4 years ago

September 22, 2020

रोहित इन्डोनेसिया फर्किए

काठमाडौं (हाम्रो खेलकुद)– कोभिड १९ का कारण स्वदेश फर्केका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द लिग वान पुनः सञ्चालन हुने भएपछि मंगलबार इन्डोनेनिया गएका छन् । झन्डै एक दशकयता विदेशमा व्यवसायिक फुटबल खेलिरहेका रोहित केहि वर्षयता पर्सिजा जाकार्तामा आबद्ध छन् । खेल तालिका सार्वजनिक नभएपनि स्थगित लिग पुनः सुरु हुन भएपछि क्लबले बोलाएको रोहितको व्यवस्थापन […]

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कोभिड १९ का कारण स्वदेश फर्केका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द लिग वान पुनः सञ्चालन हुने भएपछि मंगलबार इन्डोनेनिया गएका छन् ।

झन्डै एक दशकयता विदेशमा व्यवसायिक फुटबल खेलिरहेका रोहित केहि वर्षयता पर्सिजा जाकार्तामा आबद्ध छन् । खेल तालिका सार्वजनिक नभएपनि स्थगित लिग पुनः सुरु हुन भएपछि क्लबले बोलाएको रोहितको व्यवस्थापन समेत हेर्दै आएका दाजु रबिनले जानकारी दिए ।

पर्सिजाले सन् २०१८ मा लिग वानको उपाधि जित्दा रोहित टोलीका महत्वपूर्ण सदस्य थिए । त्यति बेला उनी सर्वोत्कृष्ट खेलाडी समेत घोषित भएका थिए । रोहितले गत वर्ष मात्र पर्सिजासँग २ वर्षका लागि सम्झौता नविकरण गरेका हुन् ।

रोहितले झन्डै ३ महिना नेपालमा परिवारसँग बस्न पाउँदा निकै खुसी लागेको बताए । ‘झन्डै ३ महिना परिवार र साथीभाईसंग बस्न पाएँ । निकै रमाइलो भयो । अब उत्साहित भएर फर्कंदै छु,’ उनले भने, ‘ अब नेपाल फर्कने कहिले थाहा छैन । सायद नेपालको खेल हुँदा फर्कनेछु ।’

मार्च देखि लिग वान स्थगित भएपछि रोहित असार १२ गते स्वदेश फर्केका थिए । फेब्रुअरीमा सुरु भएको लिग केहि चरणका खेल आयोजना भएसँगै स्थागित भएको थियो । पर्सिजाले यो सिजन २ खेलमा १ जित र अर्कोमा हार बेहोरेको छ । अब लिग सुचारु हुँदा स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै होम एण्ड अवे नभएर एकै क्षेत्रमा लिग खेलाउने तयारी रहेको छ ।

रोहित पर्सिजाको टोलीमा पुराना मध्यका खेलाडी हुन् । उनी समर्थकमाझ पनि उत्तिकै लोकप्रिय छन् । पर्सिजाको मिडफिल्ड सम्हाल्दै आएका उनी प्रशिक्षक पहिलो रोजाईका खेलाडी हुन् । डिफेन्डरका रुपमा करिअर सुरु गरेका रोहितले राष्ट्रिय टोलीबाट पनि मिडफिल्डरकै भूमिका निर्वाह गर्दै आएका छन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.