default_image

4 years ago

September 25, 2020

बायर्न युइएफए सुपर कप च्याम्पियन

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले सिजनको पहिलो उपाधिको रुपमा युइएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा स्पेनिस क्लब सेभियामाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै बायर्न सुपर कप च्याम्पियन बनेको हो । बायर्नले १–० ले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । बायर्नलाई च्याम्पियन बनाउन लियोन गोरेट्जका र जेभियर […]

41 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले सिजनको पहिलो उपाधिको रुपमा युइएफए सुपर कपको उपाधि जितेको छ ।

बिहीबार राति भएको खेलमा स्पेनिस क्लब सेभियामाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै बायर्न सुपर कप च्याम्पियन बनेको हो । बायर्नले १–० ले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।

बायर्नलाई च्याम्पियन बनाउन लियोन गोरेट्जका र जेभियर मार्टिनेजले गोल गरे । सेभियाका लुकास ओकम्पासको गोल सान्त्वना बन्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा जेभियर मार्टिनेजले गोल गर्दे बायर्नलाई च्याम्पियन बनाए ।

पुस्कास एरिना बुढापेस्ट हंगेरीमा भएको खेलमा सेभियाले खेलको १३औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । इभान राकिटिचलाई पेनाल्टी बक्समा डेभिड अलावाले धकेलेपछि प्राप्त पेनाल्टीमा लुकास ओकम्पासले गोल गर्दै सेभियालाई १–० को अग्रता दिलाएका थिए ।

३४औं मिनेटमा बायर्नले खेललाई १–१ गोलको बराबरीमा ल्यायो । थोमस मुलरको क्रसमा रोबर्ट लेवान्डोस्कीको मिलाइदिएको ब्याकपासमा गोरेट्जकाले जाली चुमाएका थिए । ५१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

लिरोए सानले गरेको क्रसमा सुरुमै लेवान्डोस्की र थोमस मुलर अफसाइड पोजिसनमा रहेका थिए । लेवान्डोस्कीले मुलरलाई दिएको पासमा मुलरको प्रहार गोलरक्षकले ब्लक गरेपनि रिवाउन्डमा लेवान्डोस्कीले गोल गरेका थिए ।

त्यसपछि पनि दुवै टोलीले गोलको सुवर्ण अवसरहरु खेर फाल्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । १०४औं मिनेटमा जेभियर मार्टिनेजले हेडरमार्फत गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसकदा बायर्न च्याम्पियन बन्न सफल भयो ।

बायर्न च्याम्पियन्स लिगको च्याम्पियन तथा सेभिया युरोपा लिगको च्याम्पियनको हैसियतले युइएफए सुपरकप खेल्ने अवसर पाएको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.