default_image

4 years ago

September 25, 2020

मिनामिनो चम्कदा लिभरपुलको फराकिलो जित

एजेन्सी – जापनिज मिडफिल्डर ताकुमी मिनामिनोले उच्च प्रदर्शन गरेपछि इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले दोस्रो डिभिजनको लिंकन सिटी एफसीमाथि फराकिलो जित निकाल्दै इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । लिभरपुलले लिंकन सिटी एफसीमाथि ७–२ को फराकिलो जित दर्ता गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । लिभरपुलको फराकिलो जितमा […]

50 views

0 Bookmark

एजेन्सी – जापनिज मिडफिल्डर ताकुमी मिनामिनोले उच्च प्रदर्शन गरेपछि इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले दोस्रो डिभिजनको लिंकन सिटी एफसीमाथि फराकिलो जित निकाल्दै इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।

लिभरपुलले लिंकन सिटी एफसीमाथि ७–२ को फराकिलो जित दर्ता गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । लिभरपुलको फराकिलो जितमा ताकुमी मिनामिनो र कर्टिस जोन्सले समान दुई तथा जद्रान शाकिरी, मार्काे ग्रुजिक र डिभोक ओरिगीले समान एक गोल गरे । लिंकनका टायो इडुन र लेविस मोन्ट्माले सान्त्वना गोल फर्काए ।

सिन्सिल बैंक लिंकनमा बिहीबार राति गोलको वर्षा भएको खेलमा लिभरपुलले खेलको नवौं मिनेटमा शाकिरीको गोलबाट अग्रता लिएको थियो । १८औं मिनेटमा मिनामिनोले अग्रता दोब्बर पारे ।

३२औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपसलाई ३–० ले अघि बढाए। ३६औं मिनेटमा कर्टिसले नै व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले पहिलो हाफमा नै ४–० को आरामदायी अग्रता लिएको थियो ।

दोस्रो हाफका शुरुमै मिनामिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल फराकिलो जिततर्फ अग्रसर बन्यो । ६०औं मिनेटमा तायो इडुनले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए ।

६५औं मिनेटमा मार्काे ग्रुजिकले गोल गर्दै लिभरपुललाई ६–१ ले अघि बढाए । ६७औं मिनेटमा लेविसले गोल गरेपछि खेल ६–२ को अवस्थामा पुगेको थियो । ८९औं मिनेटमा डिभोक ओरिगीले गोल गदै लिभरपुललाई ७–२ को सानदार जित दिलाए ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.