default_image

4 years ago

September 25, 2020

म्यानचेस्टर सिटीको कठिन जित

एजेन्सी – गत सिजन रेलिगेसनमा परेको एफसी बर्नमाउथमाथि झिनो जित निकाल्दै प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा बिहीबार राति भएको खेलमा सिटीले बर्नमाउथमाथि २–१ को झिनो जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो । सिटीको जितमा […]

34 views

0 Bookmark

एजेन्सी – गत सिजन रेलिगेसनमा परेको एफसी बर्नमाउथमाथि झिनो जित निकाल्दै प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा बिहीबार राति भएको खेलमा सिटीले बर्नमाउथमाथि २–१ को झिनो जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो । सिटीको जितमा लियाम डिलाप र फिल फोडेनले गोल गरे । बर्नमाउथका साम सुरिड्जले इक गोल फर्काए ।

बल पोजेसनमा बलियो पकड बनाएपनि सिटीले जितको लागि निकै संघर्ष गर्नुपरेको थियो । खेलको १८औं मिनेटमा सिटीको सिनियर टोलीबाट डेब्यु खेल खेलिरहेका लियाम डिलापले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले फिल फोडेनको पासलाई उत्कृष्ट फिनिस गरेका थिए ।

२२औं मिनेटमा बर्नमाउथका साम सरिजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । उनले पनि पेनाल्टी बक्सभित्रबाट सुन्दर गोल गरेका थिए । बराबरीपछि पनि सिटीले बर्नमाउथलाई लगातार दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

७५औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । त्यसपछि पनि सिटीले बर्नमाउथलाई लगातार दवावमा राखेपनि थप गोल गर्न नसक्दा सिटी २–१ ले विजयी हुन सफल भयो ।

अन्य नतिजा

ब्रिस्टोल सिटीविरुद्ध एस्टन भिल्ला (०–), लिंकन सिटीविरुद्ध लिभरपुल (२–)

March 29, 2024

विराट गोल्डकप – एनआरटी क्वाटरफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो । जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डे«गानसँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि एनआरटीका विदेशी खेलाडी रिचार्ड […]

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

Success

Thank you for your time.