default_image

4 years ago

September 25, 2020

टोटेनहम र मिलान अघिल्लो चरणमा

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपुर र इटालियन क्लब एसी मिलान युइएफए युरोपा लिगको छनोटको चौथो चरणमा प्रवेश गरेका छन् । बिहीबार राति छनोटको तेस्रो राउन्डको खेलमा सफलता आत पार्दै टोटेनहम र मिलान अघिल्लो चरणमा पुग्न सफल भएका हुन् । टोटेनहमले नर्थ म्यासेडोनियाको केएफ स्केनडियालाई उसकै मैदानमा ३–१ को जित निकाल्दै अघिल्लो चरणको यात्रा तय […]

34 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपुर र इटालियन क्लब एसी मिलान युइएफए युरोपा लिगको छनोटको चौथो चरणमा प्रवेश गरेका छन् । बिहीबार राति छनोटको तेस्रो राउन्डको खेलमा सफलता आत पार्दै टोटेनहम र मिलान अघिल्लो चरणमा पुग्न सफल भएका हुन् ।

टोटेनहमले नर्थ म्यासेडोनियाको केएफ स्केनडियालाई उसकै मैदानमा ३–१ को जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । टोटेनहमको जितमा इरिक लमेला, ह्युङ मिन सन र ह्यारी केनले गोल गरे । घरेलु टोलीका भाल्मिर नाफिउले सान्त्वना गोल फर्काए ।

टो इ प्रोइक्सी एरिनामा खेलको पाँचौ मिनेटमा नै टोटेनहमले इरिक लमेलाको गोलबाट अग्रता लिएको थियो । कसैको निगरानीमा नरहेका लमेलाले ह्युङ मिन सनको पासलाई सदुपयोग गरेका थिए । ५५औं मिनेटमा घरेलु टोलीका भाल्मिरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७०औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई पुनः २–१ को अग्रता दिलाए । ७९औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई ३–१ को जित दिलाए । अब टोटेनहमले प्ल अफमा मक्कावीसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै अर्काे खेलमा एसी मिलानले नर्वेजियन क्लब बोडो ग्लिम्टमाथि ३–२ को पूनरागमन जित निकाल्दै चौथो राउन्डमा प्रवेश गरेको छ । घरेलु मैदानमा मिलानको जितमा हकान कलहानोग्लुले दुई तथा लोरेन्जो कोलोम्वोले एक गोल गरे बोडो ग्लिम्टका कस्पर जंकर र जेन्स हाउजले गोल गरेपनि हार टार्न सकेन ।

मिलानो इटालीमा बिहीबार राति भएको खेलमा बोडो ग्लिम्टले कस्परको गोलबाट घरेलु टोलीविरुद्ध खेलको १५औं मिनेटमा अग्रता लिएको थियो । तर, त्यो अग्रता एक मिनेट पनि टिकेन । १६औं मिनेटमा हकानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३२औं मिनेटमा लोरेन्जोले गोल गरेपछि मिलानले पहिलो हाफमा २–१ को अग्रता लियो ।

५०औं मिनेटमा हकानले व्यक्तिगत दोस्रो गोल गरेपछि मिलानले खेलमा ३–१ को अग्रता लिन सफल भयो । ५५औं मिनेटमा बोडो ग्लिम्टका जेन्स हाउजले गोल गर्दै खेलमा फर्कने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा मिलान ३–२ ले विजयी भयो ।

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

Success

Thank you for your time.