default_image

4 years ago

September 28, 2020

लिभरपुल र आर्सनल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (सोमबार) राति साविकको विजेता लिभरपुल र आर्सनलबीच प्रतिस्पधा हुदैछ । खेल लिभरपुलको मैदान एनफिल्डमा खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । दुबै टोली नयाँ सिजनको प्रिमियर लिगमा लगातार तेस्रो जितको खोजीमा हुनेछन् । त्यसैले यि दुई टिमबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । लिभरपुलले सिजनको […]

57 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (सोमबार) राति साविकको विजेता लिभरपुल र आर्सनलबीच प्रतिस्पधा हुदैछ । खेल लिभरपुलको मैदान एनफिल्डमा खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ ।

दुबै टोली नयाँ सिजनको प्रिमियर लिगमा लगातार तेस्रो जितको खोजीमा हुनेछन् । त्यसैले यि दुई टिमबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । लिभरपुलले सिजनको पहिलो खेलमा नव प्रवेशी लिड्स युनाइटेडलाई ४–३ ले पराजित गर्दा दोस्रो खेलमा लन्डन क्लब चेल्सीमाथि २–० को सहज जित निकालेको थियो ।

लगातार दोस्रो जित निकालेका कारण साविकको विजेता लिभरपुल सोही जितको लयलाई आर्सनलविरुद्ध पनि दिने दाँउमा हुनेछ । लिभरपुलसँग मोहम्मद सलाह, साडियो माने, रोबर्टाे फिर्मिन्हो, जर्जिनियो वाइनाल्डम, थियागो अलकान्टरा, भर्जिल भान डाइक, एन्ड्रिउ रोबर्टसन, ट्रेन्ट एलेसान्दर अर्नाेल्ड, फाविन्हो र एलिसन बेकरजस्ता खेलाडीको साथ रहेको छ । नियमित कप्तान जोर्डन हेन्डरसन र जोएल माटिप चोटका कारण टोलीमा रहनेछैनन् ।

यता, पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको आर्सनल लिभरपुललाई स्तब्ध पार्दै लगातार तेस्रो जितको खोजीमा हुनेछ । आर्सनलले पहिलो खेलमा फुलहमलाई ३–० ले तथा दोस्रो खेलमा वेस्ट ह्यामलाई २–१ ले हराएको थियो ।

आर्सनलसँग कप्तान पिएरे इमिरिक औवामियाङ, एलेक्सान्द्रे लाकाजेट, विलियन, डेभिड लुइज, ग्रानिट झाका, ड्यानियल सेवालोस, हेक्टर बर्लिन, रोव होल्डिङ, ग्याब्रियल र गोलरक्षकमा बन्ड लेनो रहेका छन् ।

यि दुई टोलीबीचको पछिल्लो २२ खेलको नतिजा हेर्दा खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । लिभरपुलले ७ खेल आफ्नो पक्षमा पार्दा आर्सनल ६ खेलमा विजयी भएको छ । १० खेल बराबरीमा सकिएको छ । अघिल्लो सिजनको प्रिमियर लिगमा यि दुई टोलीले समान एक–एक खेलमा जित निकालेको थियो ।

गत अगस्टमा कम्युनिटी शिल्डमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा आर्सनल ५–४ ले विजयी भएको थियो । यस्तै गत अक्टोवरमा कारवाओ कपमा निर्धारित समयको खेलमा ५–५ गोलको बराबरीपछि लिभरपुल पेनाल्टी सुटआउटमा ५–४ ले विजयी भएको थियो ।

समान दुई खेलमा ६ अंक जोडेको आर्सनल गोल अन्तरमा तेस्रो तथा लिभरपुल चौथो स्थानमा रहेको छ । अर्को खेलमा फुलहमले एस्टन भिल्लाबीच राति १०ः३० बजे प्रतिस्पर्धा हुदैछ ।

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

April 22, 2024

कोशी प्रहरी मिल्स गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता गोलबजार स्पोर्टिङ क्लब सिराहलाई पेनाल्टी सुटआउट ४–३ ले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । प्रहरीले अब फाइनल प्रवेशको लागि बिहीबार घरेलु टोली पेमा युवा क्लब […]

Success

Thank you for your time.