default_image

9 years ago

September 6, 2016

एकै खेलमा स्पेनको ८ गोल

115 views

0 Bookmark

बिश्व कप २०१८ को छनोट चरणको खेलमा समुह ‘जि’ अन्तर्गतको खेलमा स्पेनले कम दर्जाको लिएखटेन्स्टाइन बिरुद्ध ८-० को जित नतिजा निकाल्न सफल भएको छ  ।

Spain

फिफा वरियतामा नेपाल भन्दा ६ स्थान मात्र माथी १८२ औ स्थानमा रहेको लिएखटेन्स्टाइनलाई स्पेनले ८ गोल गर्न सफल भएको हो , जसमद्धे ७ गोल दोस्रो हाल्फमा भएको हो  । स्पेनको जितमा डिएगो कोस्टा ले २ , डेभिड सिल्भाले २, अल्भारो मोराटाले २ गोल गरे भने सेर्जियो रोबर्टो र भिटोलोले १-१ गोल गरे ।

समुहको अन्य खेलमा इटालिले इज्रेल बिरुद्ध ३-१ को जित दर्ता गर्‍यो । इटालिकालागि पेल्ले र सिरो इम्मोबाइल ले १-१ गोल गरे भने एन्टोनियो क्रान्डेवाले पेनाल्टी मार्फत १ गोल गरे । त्यस्तै अल्बानिया र म्यासेडोनिया बिचको खेल १-१ को स्तिथीमा भारी बर्षाका कारण स्थगित भयो।

सोही दिनको अन्य खेल हरुमा अधिकतम खेलहरु बराबरीमा रोकिए । समुह ‘आइ’ का तीन खेलहरु, क्रोएसिया र टर्की , फिन्ल्याण्ड र कोसोभो अनि युकरेन र आइस्ल्याण्ड सबै १-१ को बराबरीमा टुङिए ।

समुह ‘डि’ मा भने वेल्स ले मोल्डोभा सङ ४-० को जित हासिल गर्‍यो । वेल्सको जितमा ज्ञारेथ बेलले २ गोल गरे भने जो एलेन र स्याम भोक्स ले १-१ गोल गरे । त्यस्तै अर्को खेलमा सेर्भियाले आयरल्याण्डसँग २-२ नतिजामा अंक बाड्यो ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.