default_image

4 years ago

October 2, 2020

पीएसजी र एन्जर्स भिड्दै

एजेन्सी – फ्रेन्च लिग वानमा आज राति पाँचौ चरणको एक खेलमा मात्रै प्रतिस्पर्धा हुँदैछ । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा एन्जर्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार पार्क डि प्रिन्सेसमा राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा पीएसजी एन्जर्समाथि सहज जित दर्ता गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । सुरुवाती […]

45 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा आज राति पाँचौ चरणको एक खेलमा मात्रै प्रतिस्पर्धा हुँदैछ । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा एन्जर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार पार्क डि प्रिन्सेसमा राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा पीएसजी एन्जर्समाथि सहज जित दर्ता गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । सुरुवाती दुई खेल गुमाएर दवावमा देखिएको पीएसजीले त्यसपछिको तीनै खेलमा जित हात पार्दै जितको लय समातिसकेको छ ।

सोही लयलाई पीएसजी एन्जर्सविरुछ पनि निरन्तरता दिने दाँउमा हुनेछ । पीएसजीका लागि नेयमार, केलियन एमबाप्पे, मोउरो इकार्डी, पाब्लो साराविया, मार्काे भेराट्टी, जुलियन ड्राक्सलर, मार्किन्हस, लियान्द्रो ड्यानियल पारेडेस, प्रेसनेल किम्पेम्वे र गोलरक्षक केलर नाभास हुनेछन् ।

यता, एन्जर्स पनि पीएसजीलाई उसकै मैदानमा स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने दाँउमा हुनेछ । एन्जर्ससँग साडा थिओव, इस्माइल ट्राओरे, एन्जेलो फुल्गिनी, स्टेफेनबाहाकेन हुनेछन् ।

यि दुई टोली हालसम्म ११ पटक आमने सामने हुँदा पीएसजी १० पटक विजयी भएको छ । एक खेल बराबरीमा सकिएको छ । पीएसजी एन्जर्ससँगको अपराजित लयलाई निरन्तरता दिने दाउमा रहँदा एन्जर्स पीएसजीसँगको हारको श्रृंखला तोड्ने योजनामा हुनेछ ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.