default_image

4 years ago

October 2, 2020

युरोपा लिग : ठूला टोलीलाई सहज समूह

एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत सिजन २०२०-२१ को समूह चरणको ड्र सम्पन्न भएको छ । इटालियन टोली नेपोली र स्पेनिस लिगको रियल सोसीडाड दुवै एकै समूहमा परेका छन् । प्रिमियर लिग टोली आर्सनल, टोटेनहम हट्स्पर र लेस्टर सिटीलाई भने तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी परेको छ । एसी मिलान र स्कटल्यान्डको च्याम्पियन सेल्टिक एकै समूहमा […]

79 views

0 Bookmark

एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत सिजन २०२०-२१ को समूह चरणको ड्र सम्पन्न भएको छ । इटालियन टोली नेपोली र स्पेनिस लिगको रियल सोसीडाड दुवै एकै समूहमा परेका छन् ।

प्रिमियर लिग टोली आर्सनल, टोटेनहम हट्स्पर र लेस्टर सिटीलाई भने तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी परेको छ । एसी मिलान र स्कटल्यान्डको च्याम्पियन सेल्टिक एकै समूहमा छन् । फ्रान्सेली टोली निस र जर्मनीको बायर लेभरकुसनले समूह चरणमा नै प्रतिस्पर्धा गर्ने भएका छन् ।

समूह ए : एएस रोमा, योङ ब्वाइज, सीएफआर क्लुज, सीएसकेए सोफिया

समूह बी : आर्सनल, रापिड विएन, मोल्ड, डनडाल्क एफसी

समूह सी : बायर लेभरकुसन, स्लाभिया प्राहा, हापोएल बेर सेभा, निस

समूह डी : बेन्फिका, स्टान्डर्ड लिएज, रेन्जर्स, लेक पोज्नान

समूह ई : पीएसभी आइनडोभन, पाओक, ग्रानडा, ओमोनिया

समूह एफ : नेपोली, रियल सोसीडाड, एजे आल्कमार, रिजेका

समूह जी : ब्रागा, लेस्टर सिटी, अइके एथेन्स, जोर्या लुहानस्क

समूह एच : सेल्टिक, स्पार्टा प्राहा, एसी मिलान, लिल

समूह आई : भिल्लारियल, काराबाग, मक्काबी तेल अभिभ, सिभास्पोर

समूह जे : टोटेनहम हट्सपर, लुडोगोरेट्स, लास्क, रोयल एन्टवेर्प

समूह के : सीएसकेए मस्को, जीएनके डिनामो, फेयनुर्ड, वल्फ्सबर्ग

समूह एल : गेन्ट, रेड स्टार बेलग्रेड, होफेनहाइम, स्लोभान लिबेरेक

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.