9 years ago
September 7, 2016
बिश्व कप छनोट अन्तर्गतको युरोपियन खेलहरुमा पोर्चुगल्ले स्विट्जरल्याण्डसङ हारको सामना गरेको छ, त्यस्तै फ्रान्स बेलारुससँग गोल रहित बराबरीमा रोकिएको छ ।

स्विट्जरल्याण्डले क्रीस्टिएनो रोनाल्डो बिना उत्रीएको युरोपियन बिजेतालाई २-० ले जितेको छ , जसमा आर्सनलका जाका २ पहिलो कार्ड खादै अतिरिक्त समयमा बाहिरिएका थिए । त्यस्तै समुह ‘बि’ को अन्य खेल मा ल्याट्भिया ले एन्डोरा बिरुद्ध १-० को जित निकाल्यो भने फारोए आइल्याण्ड र हंगेरी गोल रहित रहे ।
समुह ‘ए’ मा भने फ्रान्स बेलारुस सङ गोल रहित अंक बाड्न बाध्य भयो । त्यस्तै स्विडेन र नेडरल्याण्ड्ले १-१ नतिजा निकलडाईं अंक बाडे । समुह ‘ए’ को अर्को खेलमा ९० औ मिनेटमा गोल गर्दै बुल्गेरियाले लग्जेमबर्ग बिरुद्ध ४-३ को नतिजा निकाल्न सफल भयो ।
समुह ‘एच’ मा एभर्टोनका पुर्व म्यानेजर रोबोर्टो मार्टिनेजले बेल्जियमसँगको पहिलो प्रतिस्पर्धात्मक खेलमा ३-० को जित हासिल गरे । लुकाकुको दुइ गोलमा बेल्जियमले साइप्रसलाई ३-० ले जित्न सफल भयो । त्यस्तै समुहको अर्को खेलमा बोस्नियाले इस्टोनियालाई ५-० को भारी अन्तरले जित्यो । समुहको अर्को खेलमा ग्रीसले गिब्रेल्टार बिरुद्ध ४-१ को जित दर्ता गर्यो ।
समुह ‘जि’ मा भने अल्बेनियाले म्यासेडोनियालाई २-१ ले जित्यो । खेलको अन्तिम मिनेटमा गोल गर्दै बेकिम बालाजले अल्बेनियालाई अंक बाड्नबाट जोगाए ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]