default_image

3 years ago

October 7, 2020

हामेसको चर्चा, जिदानको आलोचना

एजेन्सी – हामेस रोड्रिग्वेजले रियल म्याड्रिडमा रहँदा सम्म प्रशिक्षक जिनेदिन जिदानको विश्वास खासै जित्न सकेनन् । गत सिजन रियलले ला लिगा जित्दा जिदानले उनलाई खासै प्रयोग गरेनन् । रियलमा कम मौका पाउने भएकोले उनी दुई सिजन लोनमा बायर्न म्युखिन पनि पुगे । यो सिजन बसेको भएपनि रियलमा उनले धेरै मौका पाउने सम्भावना थिएन । त्यो […]

25 views

0 Bookmark

एजेन्सी – हामेस रोड्रिग्वेजले रियल म्याड्रिडमा रहँदा सम्म प्रशिक्षक जिनेदिन जिदानको विश्वास खासै जित्न सकेनन् । गत सिजन रियलले ला लिगा जित्दा जिदानले उनलाई खासै प्रयोग गरेनन् ।

रियलमा कम मौका पाउने भएकोले उनी दुई सिजन लोनमा बायर्न म्युखिन पनि पुगे । यो सिजन बसेको भएपनि रियलमा उनले धेरै मौका पाउने सम्भावना थिएन । त्यो राम्ररी बुझेका रोड्रिग्वेजले प्रिमियर लिग टोली एभर्टन रोजे । सिजन भर उनको प्रदर्शन कस्तो रहन्छ अहिले अनुमान गर्न सकिने विषय भएन । तर, एभर्टनमा उनको पहिलो महिना भने सानदार रहेको छ ।

रोड्रिग्वेजले चर्चा पाइरहँदा उता जिदान भने आलोचनाको सामना गरिरहेका छन् । कोलम्बियन अन्तर्राष्ट्रियलाई उनले राम्रो व्यहार नगरेको आरोपको सामना गरिरहेका छन् । बायर्नबाट फर्केपछि पनि जिदान र रोड्रिग्वेजबीचको सम्बन्ध राम्रो हुन सकेन । रोड्रिग्वेज बढी भन्दा बढी खेल्न चाहान्थे , तर रियलमा त्यो सम्भावना थिएन ।

एउटाको तारिफ, अर्कोको आलोचना

अंक तालिकाको शीर्षस्थानमा रहेर पनि रियलले ४ खेलमा सोचे जस्तो प्रदर्शन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । ओलोचनाको केन्द्रमा जिदान नै छन् । यसैबीचमा रोड्रिग्वेजले एभर्टनमा गरेको प्रदर्शनमा सञ्चारमाध्यम, समर्थक र सहकर्मीले तारिफ गरिरहेका छन् । एभर्टन अहिले प्रिमियर लिगको शीर्षस्थानमा छ ।

एका तिर खुसी, अर्को तिर दबाब

कोलम्बियन अन्तर्राष्ट्रिय यति बेला खेल जीवनको एउटा उत्कृष्ट क्षणमा रहेका छन् । सामाजिक सञ्जालमा उनको पोष्टहरुबाट पनि उनी कति खुसी छन् भन्ने बुझ्न सकिन्छ । अर्को तिर जिदान भने पत्रकार सम्मेलनमा लुका जोभिच, बोर्जा मायोराल जस्ता खेलाडीको भविष्य के हुन्छ भन्ने प्रश्नको सामना गरिरहेका छन् ।

रोड्रिग्वेज गोल गर्दै, रियल संघर्ष गर्दै

रियलले नयाँ सिजनका ४ खेलमा ३ खेल जित्यो । तर गोलअन्तर भने झिनो रहेको थियो । अर्को तिर रोड्रिग्वेजले भने एभर्टनमा ३ गोल गरिरहेका छन् । उनको टोली प्रिमियर लिगमा यो सिजन अपराजित रहेको छ ।

जिदानको टाउको दुखाई

एभर्टनमा रोड्रिग्वेजको सम्बन्ध प्रशिक्षक कार्लो एन्सेलोटीसँग होस् वा अन्य सहकर्मीसँग सुमधुर रहेको छ । तर अर्को जिदानलाई भने जोभिच, भिनिसियस जुनियर , मार्टिन ओडेगार्ड र रोड्रिगोमा कसलार्य पहिलो रोजाईमा खेलाउने भन्ने दबाब छ ।

जिदानको परिक्षण

रोड्रिग्वेज एभेर्टनको प्रणालीमा घुलमिल भइसकेका छन् । तर जिदानको परिक्षण भने जारी छ । फरवार्डमा एक वा दुई जनालाई खेलाउने भन्नेमा जिदान अझै प्रश्न छैनन् । विङ्समा कसलाई प्राथमिकतामा राख्नेमा पनि उनीमा अलमल छ ।

सिजन भर अविश्वास

केहि अघि सम्म रोड्रिग्वेज जिदानका खेलाडी थिए । तर सिजन भर उनीहरुबीचको असमझदारीको अन्त्य भएन । जिदानले पनि आफ्नो खेलाडीमाथि भरोना गर्न सकेनन् । रोड्रिग्वेजले कमै मात्र मौका पाए । उता एन्सेलोटीले भने रोड्रिग्वेजमाथि भरोसा गरेका छन् । जसले गर्दा रोड्रिग्वेज पहिलो महिनामै उच्च प्रदर्शन गर्न सफल भएका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.