default_image

4 years ago

October 7, 2020

रियलले कमायो मात्रै, खर्च गरेन

एजेन्सी– कोरोना भाइरसका कारण युरोपियन अधिकांश फुटबलको आर्थिक अवस्थामा असर परेको छ । यसका बाबजुद पनि युरोपका ठूला टोलीले नयाँ सिजनमा खेलाडी भित्राउनका लागि खुलेर खर्च गरे । युरोपका शीर्ष टोलीले ट्रान्सफर विन्डोमा लगातार खेलाडी भित्र्याउँदा युरोपेली च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली रियल म्याड्रिडले भने नयाँ सिजनका लागि भने एक युरो पनि खर्च गरेन । […]

33 views

0 Bookmark

एजेन्सी– कोरोना भाइरसका कारण युरोपियन अधिकांश फुटबलको आर्थिक अवस्थामा असर परेको छ । यसका बाबजुद पनि युरोपका ठूला टोलीले नयाँ सिजनमा खेलाडी भित्राउनका लागि खुलेर खर्च गरे ।

युरोपका शीर्ष टोलीले ट्रान्सफर विन्डोमा लगातार खेलाडी भित्र्याउँदा युरोपेली च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली रियल म्याड्रिडले भने नयाँ सिजनका लागि भने एक युरो पनि खर्च गरेन । रियलले सिजनको सुरुवातको मंगलबार समाप्त भएको सरुवा बजारमा खेलाडी विक्रीमा भने जोड दिएको थियो । कोरोना भाइरसका कारण आर्थिक अवस्था केहि कमजोर भएकोले रियलले त्यसलाई थप कमजोर बनाउन ठिक सम्झेन ।

टोलीले अक्रफ हाकिमी, ओस्कार रोड्रिग्वेज, सर्जियो रिगुइलोन र जेम्स रोड्रिग्वेजलाई विक्री गरेर रियलले झन्डै १ सय मिलियन युरो आम्दानी गरेको थियो । अर्को तर्फ ग्यारेथ बेल, ड्यानी सेबालोसलाई लोनमा टोनेनहम पठाएर आर्थिक भारलाई कम गरेको थियो ।

रियलले मुख्यत भविष्यमा टोलीलाई थप मजबुत बनाउने उद्देश्यले खेलाडी खरिदमा भन्दा बढी विक्रीमा जोड दिएको अनुमान गरिएको छ । रियलले अर्को सिजनका लागि पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पेलाई भित्राउन चाहिररहेको छ । केलियनको पिएसजीसँगको सम्झौता अर्को वर्ष सम्म मात्र रहेको छ ।

लोनमा गएका मार्टिन ओडगार्डे, अल्भारो अर्डिजोला र एन्ड्री लुनिन लोनबाट फर्केकाले रियलका प्रशिक्षक जिनेदिन जिदानका लागि ती नै नयाँ खेलाडीका रुपमा टोलीमा मान्न सकिन्छ ।

प्रिमियर लिग टोली चेल्सीले यसपटक खेलाडी खरिदका लागि सबै भन्दा बढी २ सय ४७ मिलियन युरो खर्चेको छ । जसमा केई हार्भेट्ज, टिमो वेनर, बेन चिलवेल र हाकिमी जियच छन् ।
अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले दुई सेन्टर ब्याक नाथन एके र रुविन डिएस र फेरान टोरेसका लागि १ सय ५७ मिलियन युरो खर्चेको छ ।

कोरोनाका कारण आर्थिक असर परेको बताइएको बार्सिलोना यसपटक खेलाडीका लागि खर्चेने युरोपियन क्लबमा तेस्रो नम्बरमा रहेको छ । युभेन्टससँग मिरालेम पिजानिक र अर्टुर मेलो सट्टा गरेको क्याटलान क्लबले सर्जिनो डेस्ट खरिद गरेको थियो । बार्सिलोनाले १ सय २४ मिलियन युरो खर्चेको थियो ।

एट्लेटिको मड्रिडडले ९० मिलियन युरो खर्च गरेको थियो । त्यस्तै प्रिमियर लिगका शीर्ष क्लबहरु टोनहम, आर्सनल, म्यानचेस्टर युनाइटेड र लिभरपुलले समान ७९ मिलियन युरो खर्चेका थिए ।
च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले लेरोय रानो र मार्क रोकाका लागि ६४ मिलियन लगानी गरेको थियो ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.