default_image

3 years ago

October 14, 2020

प्रहरीद्वारा रितेशमाथिको निलम्बन फुकुवा

काठमाडौं (हाम्रो खेलकुद)– पाँच वर्षपछि राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर रितेश थापामाथि नेपाल प्रहरीले लगाएको निलम्बन फुकुवा भएको छ । असार २ गते सर्वोच्च अदालतबाट राज्यविरुद्धको अपराध मुद्दामा सर्वोच्चबाट सफाई पाएको झन्डै साढे ३ महिनापछि प्रहरीले उनीमाथिको निलम्बन फुकुवा गरेको हो । २०७२ को असोजमा उनलाई निलम्बन गरेको थियो । रितेशसहित राष्ट्रिय फुटबल टोलीका पूर्व […]

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पाँच वर्षपछि राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर रितेश थापामाथि नेपाल प्रहरीले लगाएको निलम्बन फुकुवा भएको छ ।


असार २ गते सर्वोच्च अदालतबाट राज्यविरुद्धको अपराध मुद्दामा सर्वोच्चबाट सफाई पाएको झन्डै साढे ३ महिनापछि प्रहरीले उनीमाथिको निलम्बन फुकुवा गरेको हो । २०७२ को असोजमा उनलाई निलम्बन गरेको थियो ।

रितेशसहित राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा, अन्जन केसी, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र फिजियोथेरापिष्ट डेजिव थापाले सर्वोच्चबाट मंगलबार सफाई दिएको थियो । असोज १९ गते निलम्बन फुकुवाको पत्र प्राप्त गरेको थिए । लामो लडाईपछि विशेष र सर्वोच्चबाट न्याय पाएका थियौं, रितेशले भने, त्यसपछि आफ्नो संगठनबाट निलम्बन फुकुवा गर्छ भन्नेमा ढुक्क थिए । फेरि फर्कन पाउँदा खुसी लागेको छ ।

रितेशका अनुसार अहिले उनको दरबन्दी विराटनगर उच्च अदालतमा रहेको छ । केहि दिनपछि हाजिर गर्ने तयारीमा रहेको रितेशले बताए । २०६० सालमा प्रहरीमा आबद्ध भएका रितेशले पुलिसलाई तीन पटक सहिद स्मारक ए डिभिजन लिग जिताएका थिए । २०५७ सालबाट रुस्लान थ्री स्टार क्लबबाट व्यसायिक खेल जीवन सुरु गरेका उनी त्यसपछि पुलिसमा आबद्ध भएका थिए । २०६६ मा उनी प्रहरी सहायक निरिक्षकमा बढुवा भएका थिए । उनले पुलिसबाट पाँच पटक एएफसी प्रेसिडेन्ट्स कप खेलेका थिए । सन् २००७ मा पुलिस प्रेसिडेन्ट्स कपको फाइनल पुगेको थियो ।

फुटबल खेलाडीका रुपमा पुलिसमा प्रवेश भएको उल्लेख गर्दै रितेशले प्रहरी एकेडेमीमा जिम्मेवारीका लागि आग्रह गर्ने बताएका छन् । ‘म खेलकुदबाट आएको हुँ । त्यसैले केहि न केहि योगदान गर्न सक्छु भन्ने लागेको छ’, ३८ वर्षे रितेशले भने, ‘फुटबलमा तत्काल फर्कन पाइन्न। तर पनि खेलकुद विभागमै रहेर कुनै जिम्मेवारीको निर्वाह गर्ने इच्छा छ ।’

राष्ट्रिय टोलीबाट खेल्दा अन्तर्राष्ट्रिय खेलमा रितेशसहितका खेलाडीले म्याच फिक्सिङ गरेको पुलिसको दावी थियो । तर नेपालमा म्याच फिक्सिङको अलग्गै कानुन नभएका कारण पुलिसले राज्यविरुद्धको अपराधमा पाँच जनाविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा २०७२ कात्तिक २२ गते मुद्दा दायर गरेको थियो । सुरुमा विशेष अदालत र पछि सर्वोच्चबाट सफाई पाएपछि रितेशको निलम्बन फुकुवा प्रक्रिया सुरु भएको थियो । रितेशसहित सबैलाई एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले लगाएको आजीवन प्रतिबन्ध भने यथावत छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.