default_image

4 years ago

October 15, 2020

एन्फालाई एएफसीको ग्रासरुट सदस्यता

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को एएफसी ग्रासरुट चार्टर सदस्यता प्राप्त गरेको छ । नेपालले ग्रासरुट फुटबलमा गरेको उपलब्धिलाई मध्यनजर गर्दै एएफसीले ब्रोन्ज मेम्बरसिप प्रदान गरेको हो । एएफसी महासचिव डाटो विन्ड्सर जोनले एक पत्रमार्फत एन्फाले सदस्यताका लागि दिएको आवेदन ग्रासरुट प्यानलले स्वीकृत गरेको जानकारी दिए […]

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को एएफसी ग्रासरुट चार्टर सदस्यता प्राप्त गरेको छ ।

नेपालले ग्रासरुट फुटबलमा गरेको उपलब्धिलाई मध्यनजर गर्दै एएफसीले ब्रोन्ज मेम्बरसिप प्रदान गरेको हो । एएफसी महासचिव डाटो विन्ड्सर जोनले एक पत्रमार्फत एन्फाले सदस्यताका लागि दिएको आवेदन ग्रासरुट प्यानलले स्वीकृत गरेको जानकारी दिए ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालले ग्रासरुट फुटबलमा गरेको मिहिनेतको फल प्राप्त भएको बताए । एन्फा उपाध्यक्ष तथा ग्रासरुट र युथ संयोजक उपेन्द्रमान सिंहले नेपाली फुटबलका लागि यो ठूलो उपलब्धि रहेको बताए । उनले कोरोनाका कारण यसवर्ष केहि असर गरेपनि यस सदस्यताले उर्जा थपिएको महसुस गरेको बताए ।

टेक्निकल डाइरेक्टर ग्यारी फिलिप्सले नेपाली फुटबलको स्तरोन्नति गर्नका लागि यो पहिलो कदम रहेको बताए । ग्रासरुट व्यवस्थापक मनोज रञ्‍जितले पछिल्लो दुई वर्षमा एन्फाले ल्याएको योजनाको कदर गरेको बताए । उनले अब सिल्भर मेम्बरसिप प्राप्त गर्न थप हौसला मिलेको बताए ।

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.