default_image

3 years ago

October 18, 2020

बेलले आज दोस्रो डेब्यु गर्ने सम्भावना

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडबाट लोनमा इंग्लिस क्लब टोटेनहम हट्स्पर फर्केका विंगर ग्यारेथ बेलले आज दोस्रो डेब्यु गर्ने सम्भावना रहेको छ । रियलमा ७ वर्ष बसाईंपछि बेल सिजनको सुरुवातमा नै टोटेनहम फर्केका हुन् । चोटका कारण पछिल्ला खेलमा अनुपस्थित रहेका उनले आज प्रिमियर लिगमा टोटेनहमका लागि दोस्रोपटक डेब्यु गर्ने बलियो सम्भावना रहेको छ । […]

33 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडबाट लोनमा इंग्लिस क्लब टोटेनहम हट्स्पर फर्केका विंगर ग्यारेथ बेलले आज दोस्रो डेब्यु गर्ने सम्भावना रहेको छ ।

रियलमा ७ वर्ष बसाईंपछि बेल सिजनको सुरुवातमा नै टोटेनहम फर्केका हुन् । चोटका कारण पछिल्ला खेलमा अनुपस्थित रहेका उनले आज प्रिमियर लिगमा टोटेनहमका लागि दोस्रोपटक डेब्यु गर्ने बलियो सम्भावना रहेको छ । टोटेनहमले आज अर्को लन्डन क्लब वेस्ट ह्याम युनाइटेडसँग खेल्दैछ । खेल नेपाली समयानुसार राती ९:१५ बजे सुरु हुनेछ ।

प्रशिक्षक जोसे मोउरिन्होले खेलअघि भएको पत्रकार सम्मेलनमा बेलले खेल्ने बलियो सम्भावना रहेको बताएका हुन् । ‘ पक्कैपनि उनी आफू खेल्न चाहन्छन् । उनी त यहाँ आएको दिनदेखि नै खेल्न आतुर छन् । तर चोटका कारण त्यो सम्भव थिएन । म अहिले नै बेल खेल्छन् वा खेल्दैनन् खुलासा गर्न चाहन्न, तर उनी उत्कृष्ट ढंगले प्रशिक्षण गरिरहेका छन्,’ मोउरिन्होले भने ।

‘सबै खेलाडी महत्त्वपूर्ण हुन्छन् । तर बेलको इतिहासका कारण पनि उनी विशेष खेलाडी हुन् । उनले जति क्लबका बारेमा सोच्छन्, क्लबले पनि उनको बारेमा सोचेको छ,’ मोउरिन्होले भने, ‘ बेलले लामो समय नखेलेका कारण मैदान फर्कने समय लागेको हो । रियलमा खासै प्रशिक्षण नगरेका उनले वेल्सबाट खेल्दा चोट बोक्नुपर्यो । अहिले भने उनी राम्रो स्थितिमा छन् ।’

टोटेनहमले लिगको पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई ६-१ ले पराजित गरेको थियो । ह्यारी केन र ह्युङ मिन सनको जोडी जम्दा टोटेनहमले मोउरिन्होको प्रशिक्षणमा राम्रो सुरुवात गरेको छ । टोलीले युरोपा लिग छनोट र लिग कपमा पनि अपराजित नतिजा निकालेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.