default_image

4 years ago

October 20, 2020

‘बंगलादेशसँग खेल्न सहज हुने छैन’ – कालिन

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिन हाल आफ्नै देश स्वीडेनमा छन् । कोरोना महामारीका कारण फुटबल गतिविधि स्थगित भएसँगै कालिन स्वीडेन लागेका थिए । हाल उनी परिवारसँग स्वीडेनमै छन् र नेपाल आउने तयारीमा छन् । नेपाली राष्ट्रिय फुटबल टोलीले नोभेम्बर दोस्रो साता बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । यसका लागि नेपाली टोलीले सम्भवत […]

45 views

0 Bookmark

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिन हाल आफ्नै देश स्वीडेनमा छन् । कोरोना महामारीका कारण फुटबल गतिविधि स्थगित भएसँगै कालिन स्वीडेन लागेका थिए । हाल उनी परिवारसँग स्वीडेनमै छन् र नेपाल आउने तयारीमा छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीले नोभेम्बर दोस्रो साता बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । यसका लागि नेपाली टोलीले सम्भवत दशैंपछि प्रशिक्षण सुरु गर्ने सम्भावना छ । यसै विषयमा कालीनसँग हाम्रो खेलकुदका सुबास हुमागाईंले गरेको कुराकानीको सम्पादित अंश यसप्रकार छ :

स्विडेनको अवस्था कस्तो छ ?

म र मेरो परिवार ठिक अवस्थामा छौं । स्विडेन कोरोना संक्रमणले ग्रसित छ र हालसम्म झन्डै ६ हजारले ज्यान गुमाइसकेका छन् । अहिले पनि संख्या बढ्दो छ तर अप्रिल-मे जस्तो धेरै छैन ।

टोलीसँग कसरी सम्पर्कमा रहनुभएको छ ?

हामीले खेलाडीलाई यस्तो अवस्थामा कसरी प्रशिक्षण गर्ने भनेका छौं । उनीहरुले व्यक्तिगत अभ्यास जारी राखेका छन् । हामी आवश्यक परेको अवस्थामा अनलाइन कुराकानी पनि गरिरहेका छौं ।

कहिले नेपाल फर्कने योजना छ ?

अहिले यहाँबाट अन्य महादेश जान प्रतिबन्ध लगाइएको छ । अहिले नै मिति तोकेर फर्केर आउँछु भन्ने अवस्था छैन । मैले फर्कने प्रयास गरेपनि यहाँको नियमका कारण फर्कन पाइरहेको छैन ।

बंगलादेशसँग मैत्रीपूर्ण खेल्नुको मुख्य उद्देश्य के होला ?

अहिलेको अवस्थामा खेलाडीहरु मैदानबाहिर रहेको सायद सबैभन्दा लामो समय हो । अब मुख्य पाटो भनेको मैदानमा फर्कनु नै हो । प्रशिक्षण सुरु भएपछि सबै योजना अनुसार अगाडी बढ्नेछ । हाम्रो तयारी निकै ढिलो सुरु हुँदैछ त्यसैले पनि खेल हाम्रो लागि कठिन हुनेछ । आशा छ सबैले यो बुझेका छन् ।

तपाईंको सम्झौता अर्को वर्ष सकिँदैछ । साफ च्याम्पियनसिपको लक्ष्य राख्नुभएको तपाईंले कोरोनाका कारण प्रतियोगिता स्थगित हुने सम्भावना छ । नविकरणबारे सोच्नुभएको छ ?

मेरो लागि साफ निकै महत्त्वपूर्ण प्रतियोगिता थियो । कोरोनाका कारण सबै उथलपुथल भएको छ । अब भविष्यमा के हुन्छ अहिले नै भन्न सक्ने अवस्था छैन । सम्झौता नविकरणको विषय एकदम संवेदनशील हुन्छ । म हाललाई यसबारे एन्फासँग भएको छलफल हामी भित्र नै सिमित राख्न चाहन्छु । केहि निर्णय भएपछि एन्फाले जानकारी गराउने नै छ ।

कोरोनाले तपाईंको योजनामा कति असर परेको छ ?

यो अकल्पनीय परिस्थितिले सबैलाई र सबै क्षेत्रमा असर पारेको छ । कोहि पनि यस्तो अवास्थाबाट गुज्रनुपरेको थिएन । जे छ हामीले सकेसम्म राम्रो गर्नुपर्छ । कसैले चाहेर वा नचाहेर स्थिति अवस्था परिवर्तन हुने होइन । अब दिर्घकालिन योजनाका साथ यसबाट माथि उठ्न जरुरि छ । त्यसका लागि सुरुवात केहि कदम चाल्नु जरुरि छ ।

यो अवस्थामा विश्वकप छनोटका अन्य राष्ट्रभन्दा हाम्रो लागि सकारात्मक केहि पक्ष हुन सक्लान् ?

छैन, मैले यो विश्रामका कारण हामीलाई केहि पनि सकारात्मक पक्ष देख्दिन । हामी मात्र होइन, कसैलाई पनि । हाम्रो खेल मात्र नभएर समाज नै यो अवास्थाबाट पिडित छ । अहिलेको ध्यान ज्यान कसरि जोगाउने भन्नेमा केन्द्रित हुनुपर्छ । फुटबलको लागि यो निकै खराब अवस्था हो तर स्वास्थ्य सबैभन्दा अग्रपंक्तिमा रहनुपर्छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.