9 years ago
September 10, 2016
म्यान्चेस्टर युनाइटेडलाई ओल्ड ट्राफोडमा हराउदै पेप गुवार्डिओलाले पहिलो डेर्बी खेलमा जित दर्ता गरेका छन । केभिन डि ब्रुवाइनाको उत्कृस्ट प्रदर्शनमा सिटिले युनाइटेडलाई निराश पार्न सफल रह्यो ।

पहिलो हाल्फमा सिटिले युनाइटेडलाई दबाबमा राख्दै दुइ गोल गर्न सफल भयो । खेलको १५ मिनेटमा केभिन डि ब्रुवाइनाले ब्लिन्डलाई पहिलो टचमा बिट गर्दै गरेको सुन्दर गोलमा सिटिले अग्रता लियो । त्यस्तै ३६ औ मिनेटमा केभिन डि ब्रुवाइनाको प्रहार पोस्टमा लागेर फर्किदा, इहेनाचोले रिबाउन्डमा गोल गर्दै सिटिको अग्रता दोब्बर गरे ।
दुइ गोलले पछी परेको युनाइटेडकोलागी सिटिका नयाँ किपर ब्राभोको गल्तीमा इब्राहिमोबिकले गोल गर्दै पहिलो हाल्फको अन्त्य सम्म खेलको रोमान्च जोगाइ राखे ।
दोस्रो हाल्फमा युनाइटेडमा थप उर्जा देखियो , युनाइटेड खेलामा फर्किन उत्सुक देखियो । खेलमा फर्किन मोरिनोले रुनि, राश्फोर्ड, इब्रा, मार्सियल लगायतका फर्वार्ड एकै साथ खेलाए, तर दोस्रो हाल्फमा कुनै गोल गर्न नसक्दा आफ्नो घरेलु मैदानमा आफ्नो कट्टर प्रतिद्वन्द्वीबाट पराजय भोग्न बाध्य भयो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]