default_image

3 years ago

October 28, 2020

बायर्नको लगातार १३ औं जित

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगमा आफ्नो जितको सिलसिलालाई कायम राख्दै लगातार १३ औं खेलमा जित हासिल गरेको छ । बायर्नले मंगलबार लोकोमोटिभ मस्कोलाई २-१ ले पराजित गरेको हो । बायर्नले खेलको १३ औं मिनेटमा लिओन गोरेट्जकाको गोलमा अग्रता लिएको थियो । बेन्जामिन पाभार्डको भली क्रसलाई उनले हेडरमार्फत गोल गरे । किंग्सले […]

38 views

0 Bookmark

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगमा आफ्नो जितको सिलसिलालाई कायम राख्दै लगातार १३ औं खेलमा जित हासिल गरेको छ । बायर्नले मंगलबार लोकोमोटिभ मस्कोलाई २-१ ले पराजित गरेको हो ।

बायर्नले खेलको १३ औं मिनेटमा लिओन गोरेट्जकाको गोलमा अग्रता लिएको थियो । बेन्जामिन पाभार्डको भली क्रसलाई उनले हेडरमार्फत गोल गरे । किंग्सले कोमानको प्रहार पोस्टमा लागेर फर्कंदा बायर्नले अग्रता दोब्बर पार्न सकेन ।

दोस्रो हाफको ७० औं मिनेटमा मेन्डेस आन्द्रादेको पासमा एन्टोन मिरान्चुकले गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको दश मिनेट नबित्दै बायर्नले पुन: अग्रता लियो । ७९ औं मिनेटमा जोशुवा किमिखले गोल गर्दै बायर्नको अग्रता पुन: स्थापना गरे । उनले मार्टिनेजको पासलाई उत्कृष्ट नियन्त्रणमा लिँदै टर्न गरेपछि प्रहार गरेको भली गोलमा परिणत भएको थियो ।

त्यसअघि रोबर्ट लेवान्डोस्कीले पेनाल्टी प्राप्त गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइडको मान्यता दिएपछि बायर्नले अन्तिम समयसम्म कुर्नुपरेको हो । घरेलु टोलीको समर्थनमा रंगशालामा केहि हजारको संख्यामा दर्शकको समेत उपस्थिति रहेको थियो ।

यस समूहको अर्को खेलमा एटलेटिको म्याड्रिडले रेड बुल साल्जबर्गलाई ३-२ ले पराजित गर्यो । बायर्न २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । एटलेटिको ३ अंकसहित दोस्रो स्थानमा रहँदा मस्को र साल्जबर्गको १-१ अंक रहेको छ ।

यो पनि : हारबाट जोगिएको रियल म्याड्रिड पुछारमै

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.