default_image

3 years ago

October 29, 2020

रियल म्याड्रिड समूह चरणबाटै बाहिरिने खतरा

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले अन्तिम समयमा दुई गोल गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकसँग २-२ को बराबरी खेल्यो । हारतर्फ उन्मुख देखिएको रियलले अन्तिम ८ मिनेटमा दुई गोल गर्दै प्रतियोगितामा लगातार चौथो हार टारेको थियो । अघिल्लो सिजन म्यानचेस्टर सिटीसँग राउन्ड अफ ३२ को दुवै लेगमा पराजित रियल यस […]

88 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले अन्तिम समयमा दुई गोल गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकसँग २-२ को बराबरी खेल्यो ।

हारतर्फ उन्मुख देखिएको रियलले अन्तिम ८ मिनेटमा दुई गोल गर्दै प्रतियोगितामा लगातार चौथो हार टारेको थियो । अघिल्लो सिजन म्यानचेस्टर सिटीसँग राउन्ड अफ ३२ को दुवै लेगमा पराजित रियल यस सिजन पहिलो खेलमा शाख्तरसँग ३-२ ले पराजित भएको थियो । बराबरीका बाबजुद रियल अंक तालिकाको पुछारमा नै अड्किएको छ ।

रियल म्याड्रिडले यस सिजन खराब सुरुवात गरेपछि अर्को चरणमा प्रवेश गर्न संघर्ष गर्नुपर्ने देखिएको छ । खराब लयमा रहेको रियलले अब बाँकी ४ खेलमा कम्तिमा १० अंक हासिल गरेमात्र अर्को चरणमा पुग्नेछ । त्यसो त चार मध्य तीन खेल पनि रियललाई पर्याप्त हुनेछ, तर त्यसका लागि अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ ।

मंगलबार जर्मनीमा हार बेहोरेको भए रियल प्रतियोगिताबाट लगभग बाहिरिने अवस्थामा पुग्ने थियो । त्यसो हुँदा टोलीले बाँकी चार खेल नै जित्नुपर्ने दबाब रहन्थ्यो । अहिलेको अवस्थामा भने रियलले समूह विजेता नै बन्ने सम्भावना छ । तर त्यसका लागि टोलीले आफ्नो नतिजा सुधार्नुपर्ने हुन्छ ।

रियलले अब इन्टर मिलानसँग होम र अवेमा खेल्न बाँकी छ । त्यस्तै शाख्तरको मैदानमा खेलेपछि रियलले अन्तिम खेलमा ग्लाडबाकलाई अल्फ्रेडो डी स्टेफानो मैदानमा निमन्त्रणा गर्नेछ ।

हाल अंक तालिकामा शाखातर २ खेलमा ४ अंकसहित शीर्षस्थानमा छ । बोरुसिया मोन्चेनग्लाडबाक र इन्टर मिलानको समान २-२ अंक छ भने रियल म्याड्रिड १ अंकसहित पुछारमा छ ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.