default_image

3 years ago

October 29, 2020

चार राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीले नोभेम्बर दोस्रो साता बंगलादेशविरुद्ध खेल्ने दुई मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण सुरु गरेको छ । प्रशिक्षणमा ३० खेलाडी सहभागी हुँदा ४ खेलाडी भने कोरोना संक्रमणका कारण उपस्थित रहेनन् । नेपालले नोभेम्बर १३ र १७ मा बंगलादेशमा नै पुगेर मैत्रीपूर्ण खेल खेल्नेछ । टोली केहि दिनमा नै त्यसतर्फ प्रस्थान गर्ने […]

60 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीले नोभेम्बर दोस्रो साता बंगलादेशविरुद्ध खेल्ने दुई मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण सुरु गरेको छ । प्रशिक्षणमा ३० खेलाडी सहभागी हुँदा ४ खेलाडी भने कोरोना संक्रमणका कारण उपस्थित रहेनन् ।

नेपालले नोभेम्बर १३ र १७ मा बंगलादेशमा नै पुगेर मैत्रीपूर्ण खेल खेल्नेछ । टोली केहि दिनमा नै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बंगलादेश पुगेर पनि टोलीले कोरोना परिक्षण गर्नुपर्ने हुनाले केहि दिन अघि नै टोली त्यसतर्फ प्रस्थान गर्ने भएको हो । प्रमुख प्रशिक्षक योहान कालीन अनुपस्थित रहेपछि टोलीको कार्यवाहक प्रशिक्षकका रुपमा बालगोपाल महर्जन रहेका छन् ।

प्रशिक्षक महर्जनले टोलीको तयारी हेरेर एकैपटक अन्तिम टोली छनोट गरिने बताएका छन् । मैत्रीपूर्ण खेल भएकाले नयाँ खेलाडीलाई पनि अवसर दिने सोच उनले राखेका छन् । महर्जनकै प्रशिक्षणमा नेपाल यू-२३ टोलीले गतवर्ष १३ औं दक्षिण एसीयाली खेलकुदमा स्वर्ण पदक जितेको थियो ।

महर्जनले यसअघि पनि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्दै आएका छन् । नेपाल उनकै नेतृत्वमा बंगलादेशमा सन् २०१८ को साफ च्याम्पियनसिपमा सेमिफाइनलबाट माल्दिभ्ससँग पराजित हुँदै बाहिरिएको थियो । यसपटक मैत्रीपूर्ण खेल भएकाले उनले लामो समयपछि खेलाडीले मैदान फर्कंदा राम्रो प्रदर्शन गर्न जोड दिने बताएका छन् ।

प्रशिक्षक महर्जनले कोरोना संक्रमणको अवस्थामा टोलीमा आवश्यक परे अन्य खेलाडी पनि थप्न सकिने जनाएका छन् । पहिलो दिन चार खेलाडी अनुपस्थित रहेपछि अब ती खेलाडी टोलीमा फर्कने सम्भावना न्यून रहेको छ ।

प्रशिक्षणका तस्बिरहरु :

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.