default_image

3 years ago

October 30, 2020

हाजार्डको आशा

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणमा मंगलबार बोरुसिया मोन्चेग्लाडबाकसँग २–२ को बराबरी खेलेको रियल म्याड्रिडको टोलीले बिहीबार अभ्यास गरेको छ । फरवार्ड इडन हाजार्डले साताको अन्त्यमा हुएस्काविरुद्ध खेल्ने सम्भावना देखिएको छ । हाजार्डले बिहीबार टोलीका अन्य खेलाडीसँगै अभ्यास गरेका थिए । मंगलबार परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका हाजार्डले राम्रै प्रदर्शन गरेका थिए । २–० […]

41 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणमा मंगलबार बोरुसिया मोन्चेग्लाडबाकसँग २–२ को बराबरी खेलेको रियल म्याड्रिडको टोलीले बिहीबार अभ्यास गरेको छ । फरवार्ड इडन हाजार्डले साताको अन्त्यमा हुएस्काविरुद्ध खेल्ने सम्भावना देखिएको छ ।

हाजार्डले बिहीबार टोलीका अन्य खेलाडीसँगै अभ्यास गरेका थिए । मंगलबार परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका हाजार्डले राम्रै प्रदर्शन गरेका थिए । २–० ले पछि परेको खेलको अन्त्यमा रियल २–२ को बराबरी गर्न सफल भएको थियो । खेलमा उनमा खासै असहज पनि देखिएको थिएन ।

केहि दिन अघिबाट अभ्यासमा फर्केपछि प्रशिक्षक जिनेदिन जिदानले उनलाई जर्मन भ्रमण टोलीमा समावेश मात्र गरेनन् खेल्न मौका नै दिए । जसका कारण उनी सिजनमा पहिलो खेल खेल्नका लागि सफल भए । हाजार्डले आउने खेलमा पनि जिदानले मौका दिने आशा राखेका हुन सक्छन् ।

मार्टिन ओडेगार्ड र अल्भारो ओर्डिजोलाले बिहीबार अलग्गै अभ्यास गरेका थिए । गोलकिपर थिबाओट कोर्टियोस, नाचो फर्नान्डेज र डानी कार्भाजालले भने समूहमै अभ्यास गरेका थिए । सबैले शनिबार हुने खेलमा उपलब्ध हुने गरि अभ्यास गरिरहेका छन् । शनिबारको खेल रियलको मैदानमा हुनेछ ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.