default_image

3 years ago

October 30, 2020

क्रुसलाई मन नपर्ने बार्यनको परम्परा

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले पूर्व क्लब बायर्न म्युनिखमा हुँदाको एउटा परम्परा आफूलाई पटक्कै मन नपर्ने खुलासा गरेका छन् । बायर्नले च्याम्पियन्स लिगको खेलपछि टोलीका सदस्यलाई सँगै खाना खान लाने परम्परा छ । क्रुसले भने आफूलाई त्यो मन नपर्ने बताएका छन् । बायर्नले भने वर्षौ देखि त्यो क्रमलाई जारी राख्दै आएको छ । […]

52 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले पूर्व क्लब बायर्न म्युनिखमा हुँदाको एउटा परम्परा आफूलाई पटक्कै मन नपर्ने खुलासा गरेका छन् ।

बायर्नले च्याम्पियन्स लिगको खेलपछि टोलीका सदस्यलाई सँगै खाना खान लाने परम्परा छ । क्रुसले भने आफूलाई त्यो मन नपर्ने बताएका छन् । बायर्नले भने वर्षौ देखि त्यो क्रमलाई जारी राख्दै आएको छ ।

च्याम्पियन्स लिग पछि सँगै खाना खाने परम्परा लामो समयदेखि चल्दै आएको छ । जसले बायर्नले सुखद खुसीयालीका रुपमा मनाउँदै आएको छ । तर, क्रुसलाई भने रियलको तालिका मन पर्छ ।

‘रियलमा खेलपछि हामी सिधै घर जान पाउँछौं,’ मंगलबार मोन्चनग्वाडबाकसँगको खेलपछि भाईसँग गएका क्रुसले भने, ‘बायर्नमा हुँदा मलाइ त्यो मन पर्दैन थियो । त्यसमा पनि युरोपियन खेलपछि हामी सबै खाना खानाका लागि सँगै जान्थ्यौं ।’

केहि खेलपनि त्यसरी सँगै खाना खान जाने परम्परा आफूलाई मन नपर्ने क्रुसले सुनाए । जर्मन अन्तर्राष्ट्रियले थपे, ‘इमान्दार भएर भन्नुपर्दा मलाई त्यो कहिल्यै मन परेन । अहिले जस्तो छ त्यो गर्न मलाई ठीक लाग्छ ।’

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.