default_image

3 years ago

October 30, 2020

लुकाकुले रियलसँगको खेल गुमाउने सम्भावना

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलबार रियल म्याड्रिड र इन्टर दुवैका लागि महत्त्वपूर्ण खेल हुँदैछ । च्याम्पियन्स लिगको अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राख्न त्यो खेलमा सुखद नतिजा आवश्यक पर्दछ । समूह बीको उक्त खेलमा इटालियन टोलीले भने रोमेलु लुकाकु विना खेल्नुपर्ने सम्भावना छ । बेल्जियन स्ट्राइकर सम्मलित इन्टरले यसै साता भएको शाख्तर डोनेक्ससँगको खेल गोलरहित […]

48 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलबार रियल म्याड्रिड र इन्टर दुवैका लागि महत्त्वपूर्ण खेल हुँदैछ । च्याम्पियन्स लिगको अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राख्न त्यो खेलमा सुखद नतिजा आवश्यक पर्दछ ।

समूह बीको उक्त खेलमा इटालियन टोलीले भने रोमेलु लुकाकु विना खेल्नुपर्ने सम्भावना छ । बेल्जियन स्ट्राइकर सम्मलित इन्टरले यसै साता भएको शाख्तर डोनेक्ससँगको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । जुन खेलमा चोट लागेका कारण लुकाकुले स्पेनिस राजधानीमा अर्को साता हुने खेल गुमाउने सम्भावना बढी छ ।

बुधबार गरिएको स्वास्थ्य परिक्षणमा उनलाई चोट लागेको पुष्टी भएको थियो । शाख्तारविरुद्धको खेलको एक दिनपछि गरिएको एमआरआई परिक्षणमा उनको बायाँ तिघ्रामा चोट लागेको देखिएको जनाउँदै इन्टरले उनको अवस्थाका बारेमा दैनिक जानकारी दिइने उल्लेख गरेको छ ।

लुकाकुले यसै साता सिरिएमा पार्माविरुद्ध हुने खेल पनि गुमाउने छन् । उनको ठाँउमा आन्द्रे पिनामोन्टीले खेल्ने सम्भावना छ । इटालियन सञ्चारमाध्यमका अनुसार लुकाकुले रियलसँगको खेल गुमाउँनेछन् । त्यसमा पनि पिनामोन्टीले खेल्ने सम्भावना रहेको बताइएको छ ।

यता स्पेनिस च्याम्पियन रियल म्याड्रिडले अन्तिम समयमा दुई गोल गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकसँग २-२ को बराबरी खेलेको थियो ।

हारतर्फ उन्मुख देखिएको रियलले अन्तिम ८ मिनेटमा दुई गोल गर्दै प्रतियोगितामा लगातार चौथो हार टारेको थियो । अघिल्लो सिजन म्यानचेस्टर सिटीसँग राउन्ड अफ ३२ को दुवै लेगमा पराजित रियल यस सिजन पहिलो खेलमा शाख्तरसँग ३-२ ले पराजित भएको थियो । बराबरीका बाबजुद रियल अंक तालिकाको पुछारमा नै अड्किएको छ ।

रियल म्याड्रिडले यस सिजन खराब सुरुवात गरेपछि अर्को चरणमा प्रवेश गर्न संघर्ष गर्नुपर्ने देखिएको छ । खराब लयमा रहेको रियलले अब बाँकी ४ खेलमा कम्तिमा १० अंक हासिल गरेमात्र अर्को चरणमा पुग्नेछ । त्यसो त चार मध्य तीन खेल पनि रियललाई पर्याप्त हुनेछ, तर त्यसका लागि अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ ।

मंगलबार जर्मनीमा हार बेहोरेको भए रियल प्रतियोगिताबाट लगभग बाहिरिने अवस्थामा पुग्ने थियो । त्यसो हुँदा टोलीले बाँकी चार खेल नै जित्नुपर्ने दबाब रहन्थ्यो । अहिलेको अवस्थामा भने रियलले समूह विजेता नै बन्ने सम्भावना छ । तर त्यसका लागि टोलीले आफ्नो नतिजा सुधार्नुपर्ने हुन्छ ।

रियलले अब इन्टर मिलानसँग होम र अवेमा खेल्न बाँकी छ । त्यस्तै शाख्तरको मैदानमा खेलेपछि रियलले अन्तिम खेलमा ग्लाडबाकलाई अल्फ्रेडो डी स्टेफानो मैदानमा निमन्त्रणा गर्नेछ ।

हाल अंक तालिकामा शाखातर २ खेलमा ४ अंकसहित शीर्षस्थानमा छ । बोरुसिया मोन्चेनग्लाडबाक र इन्टर मिलानको समान २-२ अंक छ भने रियल म्याड्रिड १ अंकसहित पुछारमा छ ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.