default_image

3 years ago

October 30, 2020

आक्रमणमा फर्कियो बार्सिलोना

एजेन्सी – च्याम्पियन्स लिगको अघिल्लो सिजनको क्वार्टरफाइनलमा बार्सिलोना बायर्न म्युनिखसँग ८–२ ले पराजित भएको थियो । त्यसयता नयाँ सिजनको सुरुवाती दुई खेलमा सफलता हासिल गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा पुनरागमनको बलियो संकेत गरेको छ । क्याटलान टोलीले यो सिजन च्याम्पिन्स लिगको पहिलो खेलमा फेरेन्सभारोसलाई ५–१ ले हराएको थियो । बुधबार इटालियन च्याम्पियन युभेन्टसमाथि टोलीले २–० को […]

61 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगको अघिल्लो सिजनको क्वार्टरफाइनलमा बार्सिलोना बायर्न म्युनिखसँग ८–२ ले पराजित भएको थियो । त्यसयता नयाँ सिजनको सुरुवाती दुई खेलमा सफलता हासिल गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा पुनरागमनको बलियो संकेत गरेको छ ।

क्याटलान टोलीले यो सिजन च्याम्पिन्स लिगको पहिलो खेलमा फेरेन्सभारोसलाई ५–१ ले हराएको थियो । बुधबार इटालियन च्याम्पियन युभेन्टसमाथि टोलीले २–० को जित निकालेको थियो ।
कप्तान लियोनल मेस्सीले पनि फर्ममा फर्केको संकेत गरेका छन् ।

युभेन्टसविरुद्ध पेनाल्टीमा गोल गरेका मेस्सीले पहिलो गोलका लागि पास निकालेका थिए । त्यो खेलमा उसमान डेम्बेले र पेड्रीले सनसनीपूर्ण प्रदर्शन गरे । उनले स्वतन्त्रतापूर्वक खेल्दा पाउँदा आक्रमणलाई तेज पारेका थिए । यद्दपी युभेन्टसलेपनि बार्सिलोनाविरुद्ध सोचे अनुरुपको प्रदर्शन गर्न सकेन ।

च्याम्पियन्स लिगका सुरुवाती दुई खेलमा बार्सिलोनाले ७ गोल गरिसकेको छ । योसँगै सर्वाधिक गोल गर्ने म्यानचेस्टर युनाइटेडसँग बराबरी गरेको छ । रोनाल्डो काम्यानको टोलीले दुई खेलमा विपक्षी पोस्टतर्फ ३५ सट प्रहार गरेको थियो । जुन प्रतियोगिताको सर्वाधिक हो ।

त्यतिनै खेलमा बायर्न म्युनिखले ३४ र पेरिस सेन्ट जर्मेनले ३३ प्रहार गरेको थियो । ३५ प्रहार १५ लक्ष्यमा थियो । जुन सर्वाधिक सट प्रहार गर्ने एटलान्टाको भन्दा २ कम हो । युनाइटेडको भन्दा बार्सिलोनाले १ बढी लक्ष्यमा प्रहार गरेको थियो ।

ला लिगामा कमजोर प्रदर्शन गरिरहेको बार्सिलोनाले च्याम्यियन्स लिगमा भने सकारात्मक प्रदर्शन गरिरहेको छ । कोम्यान टोलीबाट त्यस्तै प्रदर्शन ला लिगामा पनि चाहन्छन् । विस्तारै बार्सिलोनाको आक्रमण पनि बलियो हुँदै गइरहेको छ ।

दुई खेलमा टोलीले ९० प्रतिशत पास पुरा गर्दा ५५ प्रतिशत बल पोसेसन राख्न सफल भएको थियो । जारी सिजनका बार्सिलोनाले ७ खेले खेलिसकेको छ जसमा टोलीले १६ गोल गरेको छ । लगातार दोस्रो वर्ष उपाधि विहिनबाट जोगिन टोलीले आक्रमणलाई तेज पारेको अनुभव हुन्छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.