default_image

3 years ago

October 30, 2020

बेन्जेमाले भिनीसियससँग माफी मागे

एजेन्सी – फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले च्याम्पियन्स लिग अन्तर्गत बोरुसिया मोन्चेनग्लाडबाकविरुद्ध खेको हाफ टाइममा गरेको व्यवहारलाई लिएर ब्राजिलियन विंगर भिनीसियस जुनिअरसँग माफी मागेका छन् । बेन्जेमाले रियलकै फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीसँग भिनीसियसको प्रदर्शनबारे नकारात्मक टिप्पणी दिँदै उनलाई बल पास नदिन भनेका थिए । भिनीसियस स्वयं त्यहीं उपस्थित रहेपनि दुई खेलाडी फ्रेन्चमा बोलिरहेका कारण उनले बुझेका […]

44 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले च्याम्पियन्स लिग अन्तर्गत बोरुसिया मोन्चेनग्लाडबाकविरुद्ध खेको हाफ टाइममा गरेको व्यवहारलाई लिएर ब्राजिलियन विंगर भिनीसियस जुनिअरसँग माफी मागेका छन् ।

बेन्जेमाले रियलकै फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीसँग भिनीसियसको प्रदर्शनबारे नकारात्मक टिप्पणी दिँदै उनलाई बल पास नदिन भनेका थिए । भिनीसियस स्वयं त्यहीं उपस्थित रहेपनि दुई खेलाडी फ्रेन्चमा बोलिरहेका कारण उनले बुझेका थिएनन् । तर दुईको वार्तालाप मिडियाले पाएपछि यस घटनाको चर्को आलोचना भएको थियो । बेन्जेमाले बल पास नदिन र भिनीसियस विपक्षी टोलीका लागि खेलिरहेको जस्तो व्यवहार गरेको आरोप लगाएका थिए ।

मंगलबारको खेलपछि रियलले बुधबार खेलाडीलाई छुट्टि दिएको थियो । बिहीबार भने प्रशिक्षणको सुरुवातमा नै बेन्जेमाले भिनीसियसलाई भेटेर माफी मागेका छन् । भिनीसियसले बेन्जेमाको माफी स्वीकार्दै यस घटनालाई महत्त्व नदिने बताए । दुवै खेलाडीले खेलको क्रममा हुने घटनालाई बढावा दिन नचाहेको बुझिएको छ ।

बेन्जेमा र भिनीसियसको सम्बन्ध मैदानभित्र मात्र नभएर बाहिर पनि राम्रो रहेको छ । पछिल्लो समय रियलको आक्रमणमा तालमेल मिलिरहेका यी दुईबीचको मनमुटाव जिदानको टाउको दुखाइ बन्ने आंकलन थियो । तर दुवै खेलाडीले अवस्था बुझेपछि समस्या टरेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.