default_image

3 years ago

October 30, 2020

म्याराडोनाको जन्मदिन बार्सिलोनाद्वारा स्मरण

एजेन्सी – अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोना शुक्रबार ६० वर्षमा प्रवेश गरेका छन् । यस्तो बार्सिलोनाले पनि आफ्ना पूर्व खेलाडीलाई स्मरण गरेको छ । क्याटलान टोलीले शुभकामना सन्देश दिने क्रममा उनको गोलको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको छ । रियल म्याड्रिडविरुद्धको एल क्लासिकोमा गरेको गोल बार्सिलोनाले पोष्ट गरेको हो । म्याराडोनाले सन् १९८२/८३ र १९८३/८४ […]

51 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोना शुक्रबार ६० वर्षमा प्रवेश गरेका छन् । यस्तो बार्सिलोनाले पनि आफ्ना पूर्व खेलाडीलाई स्मरण गरेको छ

क्याटलान टोलीले शुभकामना सन्देश दिने क्रममा उनको गोलको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको छ । रियल म्याड्रिडविरुद्धको एल क्लासिकोमा गरेको गोल बार्सिलोनाले पोष्ट गरेको हो ।

म्याराडोनाले सन् १९८२/८३ र १९८३/८४ मा दुई सिजन बार्सिलोनामा बिताएका थिए। पहिलो सिजन उनले २३ गोल गरेको थिए । दोस्रो सिजनमा उनले १५ गोल गरे । उनले क्याम्प नोउमा आफ्नो क्षमताको भरपुर प्रदर्शन गरेको विश्वास गरिन्छ ।

बार्सिलोनाले ६ मिलियन युरोमा उनलाई बोका जुनियर्सबाट भित्राएको थियो । बार्सिलोनमा उनले कोपा डेल रे, सुपरकोपा डि स्पाना र कोपा डि ला लिगा जितेका थिए । त्यसपछि उनी इटालियन टोली नापोलीमा आबद्ध भएका थिए ।

म्याराडोना र बार्सिलोनाको बोर्डबीच असमझदारी बढेपछि क्याम्प नोउमा उनको बसाई टुंगिएको थियो । झन्डै ७.२ मिलियन युरोमा उनी इटालियन क्लबमा आबद्ध भएका थिए ।

इटालीको दक्षिणी शहरमा उनले नयाँ उचाई प्राप्त गरेका थिए । अहिले सम्म पनि उनलाई विश्व फुटबलका महान खेलाडी मध्ये एकका रुपमा लिइन्छ ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.