default_image

3 years ago

October 31, 2020

मोड्रिचको प्रभाव

एजेन्सी – दुई वर्ष अघिका बालोन डि ओर विजेता लुका मोड्रिच शनिबार एल क्लासिकोमा निर्णायक बनेका थिए । बोरुसिया मोन्चेनग्लाबाकविरुद्ध मंगलबार च्याम्पियन्स लिग खेलेमा पनि उनको प्रदर्शन त्यस्तै रह्यो । प्रशिक्षक जिनेदिन जिदानले मोड्रिचलाई क्याम्प नोउमा २० मिनेट खेलाएका थिए । मोड्रिच मैदान प्रवेश गर्दा रियल २–१ ले अगाडि थियो । सर्जियो रामोसको पेनाल्टीमा रियलले […]

52 views

0 Bookmark

एजेन्सी – दुई वर्ष अघिका बालोन डि ओर विजेता लुका मोड्रिच शनिबार एल क्लासिकोमा निर्णायक बनेका थिए । बोरुसिया मोन्चेनग्लाबाकविरुद्ध मंगलबार च्याम्पियन्स लिग खेलेमा पनि उनको प्रदर्शन त्यस्तै रह्यो ।

प्रशिक्षक जिनेदिन जिदानले मोड्रिचलाई क्याम्प नोउमा २० मिनेट खेलाएका थिए । मोड्रिच मैदान प्रवेश गर्दा रियल २–१ ले अगाडि थियो । सर्जियो रामोसको पेनाल्टीमा रियलले अग्रता लिएको थियो । उनलाई खेलाउने जिदानको निर्णय सहि सावित भयो । खेलेको अन्तिम मिनेटमा मोड्रिचले गोल गरेपछि रियलले एल क्लासिको ३–१ ले जितेको थियो ।

आश्चार्यजनक रुपमा मोड्रिचलाई ग्लाडबाकविरुद्ध पनि जिदानले मोड्रिचलाई बेन्चमा राखेका थिए । एक जना खेलाडी बाहेक जिदानले बार्सिलोनाविरुद्धकै सुरुवाती ११ उही खेलाएका थिए । नाचो फर्नान्डेज चोटका कारण खेल्न असथमर्थ भएपछि उनको ठाँउमा लुकास भाज्क्वेजलाई खेलाइएको थियो ।

एल क्लासिकोकै रणनीतिमा ३५ बर्षे क्रोएसियन खरो उत्रिए । त्यसमा पनि उनको प्रदर्शन अर्थपूर्ण रह्यो । इन्जुरी समयमा मोड्रिचको क्रसमा रामोसले हेड गर्न नसकेपछि प्राप्त बलमा कासिमारोले बराबरी गोल गरेका थिए । २–२ को बराबरीपछि रियल च्याम्पियन्स लिगको समूह बीमा पहिलो अंक जोड्न सफल भएको थियो ।

लगातार दुई खेलको अन्तिम २० मिनेटमा मोड्रिचले मौका पाए र त्यहि समयमै उनले आफ्नो उपस्थितिलाई प्रमाणित गरे । जिदानले दिएको नयाँ भूमिकालाई उनले जिम्मेवारीपूर्वक निर्वाह पनि गरे । उनी पहिलो रोजाईमा खेल्नका लागि जिदानलाई प्रभावित पार्न मेहनत गरिरहेका छन् ।

जतिसक्दो छिटो पहिलो रोजाईमा पर्नका लागि मोड्रिचले गरेको मेहनत बुझ्न सकिन्छ । उनी क्लबसँग नयाँ सम्झौताको पक्षमा छन् । आफ्नो महत्व क्लबमा अझै रहेको पुष्टी गराउन उनी प्रयासरत छन् ।

उमेरका कारण रियलले उनीसँग सम्झौता थप्छ थप्दैन अहिले निर्णय भएको छैन । मोड्रिचले भने आफु केहि समय रियलमै रहन चाहेको यसअघि नै प्रष्ट पारेका थिए । उनको अहिलेको सम्झौता जुनमा सकिदैछ । अहिलेको अवस्थामा उनी उत्कृष्ट प्रदर्शन गररहेका छन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.