default_image

3 years ago

October 31, 2020

रोनाल्डो अन्ततः कोरोनामुक्त

एजेन्सी – पोर्चुगल राष्ट्रिय टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएका छन् । राष्ट्रिय टोलीका लागि खेल्ने क्रममा अक्टोबर दोस्रो साता रोनाल्डोलाई कोरोना संक्रमण भएको थियो । रोनाल्डो संक्रमण भएपछि सेल्फ आइसोलेसनमा बस्दै टुरिन फर्केका थिए । उनले युभेन्टस र बार्सिलोनाबीच खेलमा सहभागी हुन टुरिन फर्कने निर्णय गरेका थिए […]

96 views

0 Bookmark

एजेन्सी – पोर्चुगल राष्ट्रिय टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

राष्ट्रिय टोलीका लागि खेल्ने क्रममा अक्टोबर दोस्रो साता रोनाल्डोलाई कोरोना संक्रमण भएको थियो । रोनाल्डो संक्रमण भएपछि सेल्फ आइसोलेसनमा बस्दै टुरिन फर्केका थिए । उनले युभेन्टस र बार्सिलोनाबीच खेलमा सहभागी हुन टुरिन फर्कने निर्णय गरेका थिए ‌।

तर बार्सिलोनाविरुद्ध खेलको अघिल्लो दिनसम्म पनि नतिजा नेगेटिभ नआउँदा रोनाल्डोले खेल्न पाएका थिएनन् । उनको अनुपस्थितिमा युभेन्टसले २-० को हार बेहोरेको थियो । यस्तै लिगमा पनि रोनाल्डोबिना युभेन्टसले अपेक्षित प्रदर्शन गर्न सकेन ।

रोनाल्डोले संक्रमण हुनुअघि लिगको २ खेलमा ३ गोल गरिसकेका छन् । अब उनले आइतबार स्पेजियाविरुद्ध खेलमा सहभागी हुने सम्भावना छ । बार्सिलोनाविरुद्ध भने अब डिसेम्बरको पहिलो साता क्याम्प नोउमा हुने खेलमा मेस्सी र रोनाल्डो भिड्नेछन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.