default_image

3 years ago

October 31, 2020

नेयमारले पीएसजी र ब्राजिलको खेल गुमाउने

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारले चोटका कारण अर्को महिना हुने विश्वकप छनोटका खेल गुमाउने सम्भावना बढेको छ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार इस्तानबुल बासकसेइरविरुद्ध खेलमा नेयमार घाइते भएपछि मैदान छाडेका थिए । उनको स्थानमा खेलको २८ औं मिनेटमा पाब्लो सराबिया मैदान प्रवेश गरेका थिए । नेयमारको तिघ्राको […]

40 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारले चोटका कारण अर्को महिना हुने विश्वकप छनोटका खेल गुमाउने सम्भावना बढेको छ ।

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार इस्तानबुल बासकसेइरविरुद्ध खेलमा नेयमार घाइते भएपछि मैदान छाडेका थिए । उनको स्थानमा खेलको २८ औं मिनेटमा पाब्लो सराबिया मैदान प्रवेश गरेका थिए । नेयमारको तिघ्राको मांशपेशीमा समस्या आएपछि उनले झन्डै एक महिना विश्राम गर्नुपर्ने भएको हो ।

यसक्रममा पीएसजीले फ्रान्सेली लिगमा नान्टेस र रेन्नेस तथा च्याम्पियन्स लिगमा गत सिजन सनसनी मच्चाएको आरबी लाइप्जिगसँग खेल्दैछ । त्यसपछि नेयमार ब्राजिलको राष्ट्रिय टोलीबाट विश्वकप छनोटको खेलमा सहभागी हुने कार्यक्रम रहेको थियो । तर अब चोटका कारण उनले ब्राजिलका लागि खेल्ने सम्भावना न्यून छ ।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले नेयमार अन्तर्राष्ट्रिय ब्रेकअघि मैदान फर्कन नसक्ने जानकारी दिएका छन् । ‘हामी दुखि छौं । उनको तिघ्रामा सानो चोट लागेको छ । अब उनी अन्तर्राष्ट्रिय ब्रेकपछि मात्र मैदान फर्कनेछन्,’ ।

‘मलाई लाग्छ उनी अब ब्राजिलको लागि पनि खेल्न सक्दैनन् । अब उनले बाँकी खेलमा खेले भने मात्र चोट लागेको छैन भन्न सकिन्छ, तर उनी घाइते छन् । मैले पाएको सूचना भनेको उनी अन्तर्राष्ट्रिय ब्रेकपछि मात्र फर्कनेछन्,’ उनले भने ।

ब्राजिलले विश्वकप छनोटअन्तर्गत १३ नोभेम्बरमा भेनेजुएला र त्यसको ४ दिनपछि उरुग्वेसँग खेल्दैछ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.