default_image

3 years ago

October 31, 2020

म्याराडोना भन्छन्- ‘मेस्सीको बार्सिलोनामा अन्त्य खराब हुन्छ’

एजेन्सी– अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोना शुक्रबार ६० औं वर्षमा प्रवेश गरेका थिए । उनले आफ्नो जन्म दिनमा अर्जेन्टिनी फुटबल टोलीका कप्तान लिओनल मेस्सीले बार्सिलोना छाड्न चाहेको प्रसंगमा चर्चा गरेका छन् । मेस्सीले यो सिजन बार्सिलोना छाड्न चाहेका थिए । तर, क्लबसँग थप विवाद हुने देखिएपछि उनले आफ्नो निर्णय फिर्ता लिदै कम्तीमा यो सिजन त्यहि […]

46 views

0 Bookmark

एजेन्सी– अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोना शुक्रबार ६० औं वर्षमा प्रवेश गरेका थिए । उनले आफ्नो जन्म दिनमा अर्जेन्टिनी फुटबल टोलीका कप्तान लिओनल मेस्सीले बार्सिलोना छाड्न चाहेको प्रसंगमा चर्चा गरेका छन् ।

मेस्सीले यो सिजन बार्सिलोना छाड्न चाहेका थिए । तर, क्लबसँग थप विवाद हुने देखिएपछि उनले आफ्नो निर्णय फिर्ता लिदै कम्तीमा यो सिजन त्यहि बस्ने निर्णय लिएका थिए ।

विश्व कप विजेता म्याराडोनाले पनि दुई सिजन क्याम्प नोउमा बिताएका थिए । पछि इटालियन टोली नेपोलीमा गएपछि म्याराडोनाको खेल जीवनले नयाँ उचाई लिएको थियो । बार्सिलोना छाड्नका लागि कति कठीन बनाइन्छ भन्ने विषयमा म्यारोडोना बोलेका छन् ।

‘मलाई थाहा छ यो सम्बन्ध खराब ढंगले अन्त्य हुनेछ । मलाई लाग्छ मेस्सीले छाड्नेछन् ,’ मेस्सीले अर्जेन्टिनी सञ्चारमाध्यमलाई भने, ‘मलाई पनि त्यस्तै भएको थियो । बार्सिलोना सहज क्लब होइन । उनले वर्षौं त्यहाँ बिताए । तर जेको उनी हकदार थिए, त्यो व्यवहार गरिएको छैन ।’

मेस्सीले क्लबका लागि सब थोक दिएको जनाउँदै म्याराडोनाले भने, ‘क्लबलाई उनले माथिल्लो स्तरमा पुर्याए । एक दिन उनले क्लब परिवर्तन गर्न चाहे । तर त्यसपछि माहोल बदलियो र क्लबले नाई भन्यो,’ उनले थपे, ‘त्यहाँबाट निस्कन सजिलो छैन । त्यहाँ सम्झौता छ । ठूलो क्लब हो । समर्थकले माया गर्छन । तर नेपोलीमा मैले त्यस्तो भोग्नु परेन ।’

म्याराडोनाले अहिले सम्म जे प्राप्त गरे त्यसका लागि फुटबललाई धन्यवाद दिए । तर उनलाई अहिले पनि एउटा विषय पुरा नभएको बताए । ‘मसँग जे छ त्यो सबै फुटबल दियो । जुन मैले सपनामा पनि सोचेको थिएन ,’ उनले भने, ‘यदि म दुर्व्यसनमा पर्दैन थिएँ भने म अझै राम्रो खेल्न सक्थें । तर त्यो सबै बितिसक्यो । म अहिले ठिक छु । मलाई एउटै कुरामा पछुतो छ मसँग आफ्ना अभिभावक छैनन् ।’

जन्म दिनकै अवसरमा अर्जेन्टिनी फुटबल टोलीका पूर्व प्रशिक्षक समेत रहेका म्याराडोनाले देश चाँडै कोभिड १९ को महामारीबाट मुक्त होस् भन्ने कामना गरे । ‘आशा गरौं अर्जेन्टिना चाडो भन्दा चाडो महामारी मुक्त होस्’, उनले थपे,’म चाहन्छु अर्जेन्टिनामा सबै राम्रो होस् । हामीसँग सुन्दर देश छ । मलाई विश्वास छ अहिलेको अवस्थाबाट हामीलाई बाहिर ल्याउन राष्ट्रपति सफल हुनेछन् ।’

म्याराडोनाले कोभिड १९ ले समाजमा ठूलो असर गरेको चर्चा गरे । ‘जे भईरहेको छ हाम्रा लागि खराब हो । मैले यस्तो कहिल्यै देखेको थिएन । यसले दक्षिण अमेरिकीलाई कठीन अवस्थामा पुर्याएको छ,’ उनले थपे, ‘आशा गरौं यो चाडै अन्य हुनेछ । जनताका लागि यो राम्रो समय होइन । धेरैले आफ्नो रोजगारी गुमाएको छन् । कतिलाई खान पनि समस्या भएको छ ।’

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.