default_image

3 years ago

November 2, 2020

लेवान्डोस्कीबाट खोसिएको बालोन डि’ओर !

एजेन्सी – कोरोना भाइरसको महामारीका कारण फ्रान्स फुटबलले यो वर्ष बालोन डि’ओर नदिने निर्णय गरेको थियो । अहिले उक्त निर्णय विवादमा परेको छ । कतिपयले अवार्ड नदिने निर्णय एउटा खेलाडीबाट उत्कृष्ट क्षण लुट्नु जत्तिकै भएको बताएका छन् । गत सिजनको प्रदर्शनका आधारमा बायर्न म्युनिखका फरवार्ड रोर्बेट लेवान्डोस्की अवार्डका मुख्य दाबेदार थिए । पछिल्ला केहि महिनामा […]

106 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरसको महामारीका कारण फ्रान्स फुटबलले यो वर्ष बालोन डि’ओर नदिने निर्णय गरेको थियो । अहिले उक्त निर्णय विवादमा परेको छ । कतिपयले अवार्ड नदिने निर्णय एउटा खेलाडीबाट उत्कृष्ट क्षण लुट्नु जत्तिकै भएको बताएका छन् ।

गत सिजनको प्रदर्शनका आधारमा बायर्न म्युनिखका फरवार्ड रोर्बेट लेवान्डोस्की अवार्डका मुख्य दाबेदार थिए । पछिल्ला केहि महिनामा उनी सम्मलित बायर्नले बुन्डेसलिगा, डिएफबी पोकल र च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

‘हामीले जति सक्यौं बायर्नका लागि जित्यौं । सबै प्रतियोगितामा म उच्च गोलकर्ता गरे,’ लेवान्डोस्कीले भने, ‘मलाई लाग्छ त्यति उपलब्धी गर्ने त्यो खेलाडी बालोन डि ओरको हकदार हुन्छ ।’

जारी सिजनका बुन्डेसलिगाका ५ खेलमा पोलिस फरवार्डले १० गोल गरिसकेको छन् । जसले उनलाई युरोपियन गोल्डेन बुटको बाटोतिर अघि बढाइरहेको छ । बुन्डेसलिगाको दोस्रो खेलमा होफेनहामइमविरुद्ध गोल गर्न चुकेका लेवान्डोवस्कीले त्यसबाहेकका सबै खेलमा कम्तीमा २ गोल गरेका छन् । हर्था बर्लिनविरुद्ध भने उनले ४ गोल गरेका थिए ।

गत सिजन उनले धेरै कोसेढुंगा पार गरेका थिए । उनले बुन्डेसलिगामा आफ्नै ३० गोलको कीर्तिमानलाई तोड्दै ३४ गोल गरे । उनले लगातार ११ खेलमा गोल गरेका थिए । सिजनको अन्त्यमा उनी बुन्डेसलिगाको सर्वाधिक गोल गर्ने गर्ड मुलरको ४० गोलको कीर्तिमानलाई ६ गोलले भेट्टाउन सकेनन् । मुलरले सन् १९७१ मा उक्त कीर्तिमान राखेका थिए ।

गत सिजनको म्याच २९ मा फुर्टुना डुसेलडोर्फविरुद्ध गोल गर्दै उनले बुन्डेलिगाका सबै टोलीविरुद्ध गोल गर्ने उपलब्धी हासिल गरेका थिए । उनले सबै प्रतियोगितामा गरेर ५५ गोल पुरा गर्दा च्याम्पियन्स लिगमा मात्र १५ गोल गरे ।

च्याम्पियन्स लिगमा उनी तग सिजन सर्वाधिक गोल कर्ता बने । यो सिजनको च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक गर्दा उनी युरोपको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका थिए ।

उनले पछिल्ला केहि महिनामा बुन्डेसिला, डिएफबी पोकल, च्याम्पियन्स लिग, युइएफए सुपर कप र डिएफएल सुपर कपमा व्यक्तिगत वार्ड जिते । तर त्यसमा यो वर्षको बालोन डी’ओर उपाधि भने पर्न सकेन ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.