default_image

3 years ago

October 31, 2020

म्याराडोनालाई रोनाल्डोको सन्देश

एजेन्सी – युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी महान खेलाडी डिएगो म्याराडोनालाई शुक्रबार ६० औं वर्ष प्रवेशमा बधाई दिएका छन् । अर्जेन्टिानका विश्व कप विजेता म्यरोडोनालाई उनको जन्म दिनको अवसरमा विश्वभरबाट शुभकामना सन्देश दिइएको थियो । ‘६० औं जन्मदिनमा बधाई छ । शुभकामना । आशा छ सबै ठीक ढंगले अघि बढिरहेको छ । जीवन सुखद […]

48 views

0 Bookmark

एजेन्सी – युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी महान खेलाडी डिएगो म्याराडोनालाई शुक्रबार ६० औं वर्ष प्रवेशमा बधाई दिएका छन् । अर्जेन्टिानका विश्व कप विजेता म्यरोडोनालाई उनको जन्म दिनको अवसरमा विश्वभरबाट शुभकामना सन्देश दिइएको थियो ।

‘६० औं जन्मदिनमा बधाई छ । शुभकामना । आशा छ सबै ठीक ढंगले अघि बढिरहेको छ । जीवन सुखद होस्,’ सामाजिक सञ्जालमार्फत शुभकामना दिदै रोनाल्डोले ठट्टा गर्दै भनेका थिए, ‘मेरो तर्फबाट अंकमाल । तिमी नै नम्बर १ खेलाडी हौ, तर म पछि ।’

ब्राजिलियन विश्व कप विजेता रोनाल्डो नाजारियो, फाबियो कानोभारा, रोनाल्डिन्हो, राडामेल फाल्काउ, जोसे माउरिन्हो, गाब्रियल साबास्टिनी, हुवा मार्टिन डेल पेत्रो र कार्लोस टेभेजलगागत खेलकुदका अन्य सफल खेलाडी म्याराडोनालाई जन्म दिनको शुभकामना दिएका थिए ।

यसैबीच, पोर्चुगल राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएका छन् । पोर्चुगलबाट खेल्ने क्रममा अक्टोबर दोस्रो साता रोनाल्डोलाई कोरोना संक्रमण भएको पुष्टी भएको थियो । संक्रमण भएपछि उनी सेल्फ आइसोलेसनमा बस्दै टुरिन फर्केका थिए । उनले युभेन्टस र बार्सिलोनाबीच खेलमा सहभागी हुन टुरिन फर्कने निर्णय गरेका थिए ।

तर बार्सिलोनाविरुद्ध खेलको अघिल्लो दिनसम्म पनि कारोना परिक्षण पोजेटिभ नै देखिएपछि उनले उक्त खेल खेल्न पाएनन् । उनको अनुपस्थितिमा युभेन्टस २-० ले पराजित भएको थियो । लिगमा पनि रोनाल्डोविना युभेन्टसले अपेक्षित प्रदर्शन गर्न सकेको छैन ।

रोनाल्डोले संक्रमण हुनुअघि लिगको २ खेलमा ३ गोल गरेका थिए । आइतबार स्पेजियाविरुद्ध हुने खेलमा रोनाल्डो सहभागी हुने सम्भावना छ । बार्सिलोनाविरुद्ध अब डिसेम्बरको पहिलो साता क्याम्प नोउमा हुने खेलमा रोनाल्डो लिओनल मेस्सीसँग भिड्नेछन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.