3 years ago
October 31, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने पहिलो खेलमा साविक विजेता रियल म्याड्रिडले हुएस्काको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । गत साता बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सानदार जित दर्ता गरेपछि रियलले च्याम्पियन्स लिगमा भने त्यहि लय कायम गर्न सकेन । हारको मुखनजिक पुगेको रियल अन्तिम समयमा दुई […]
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने पहिलो खेलमा साविक विजेता रियल म्याड्रिडले हुएस्काको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
गत साता बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सानदार जित दर्ता गरेपछि रियलले च्याम्पियन्स लिगमा भने त्यहि लय कायम गर्न सकेन । हारको मुखनजिक पुगेको रियल अन्तिम समयमा दुई गोल गर्दै १ अंक जोड्न सफल भएको थियो । च्याम्पियन्स लिगमा संघर्ष गरेपनि लिगमा भने रियलले जित हासिल गरे शीर्षस्थानमा रहनेछ ।
रेलिगेसन क्षेत्रमा रहेको हुएस्कालाई पराजित गरे रियलले शीर्षस्थानमा पकड बनाउनेछ । हाल रियल सोसीडाड र क्याडिजको समान १४-१४ अंक रहेको छ । यो खेल जितेमा १३ अंक जोडेको रियल २ अंकले अगाडी रहनेछ । हुएस्काले लिगमा खेलेका ७ मध्य ५ मा बराबरी र २ हार बेहोरेको छ ।
रियलले यस खेलबाट चोटसँग संघर्ष गरिरहेका विंगर इडेन हाजार्डलाई सुरुवाती रोजाइमा खेलाउने सम्भावना रहेको छ । च्याम्पियन्स लिगको खेलमा उनी बेन्चबाट मैदान प्रवेश गरेका थिए । यस्तै लुका मोड्रीच पनि पहिलो रोजाइमा खेल्न सक्छन् ।
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए। पछिल्लो साताबाट भने लामा सामाजिक […]
April 17, 2024
एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्डले दोस्रो लेगमा मंगलबार ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले […]